दोलखा शैलुङ गाउँपालिकाका जनप्रतिनिधिले पाउने सुविधाको ४० लाख कोराना कोषमा…हेर्नुहोस् ।

दोलखा, १२ असार । शैलुङ गाउँपालिकाका जनप्रतिनिधिले आफूहरुले पाउने सेवा सुविधाबापतको ४० लाख रुपैयाँ कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ।

शैलुङ गाउँपालिकाका जनप्रतिनिधिले पाउने सेवा सुविधा भत्ताबापतको आठ महिनाको करिब ४० लाख रुपैयाँ को’रोना कोषमा जम्मा गर्ने नि’र्णय भएको गाउँपालिकाका अध्यक्ष भरत दुललले जानकारी दिए।

गाउँपालिका अध्यक्षदेखि वडा सदस्यसम्म ४२ जना जनप्रतिनिधिले आठ महिनाको तलब सेवा सुविधा भत्ता कोरोना रो’कथाम कोषमा हाल्ने बुधबार सम्पन्न गाउँ सभाले निर्णय गरेको छ। २०७६ चैत मसान्तसम्म सबै जनप्रतिनिधिले आठ महिनाको सेवा सुविधा लिन बाँकी रेहको थियो।

अदालतले जनप्रतिनिधिलाई तलब नबुझ्न आदेश गरेपछि वाग्ममी प्रदेशले तलब नभनी सेवा सुविधाको नाममा पा’रिश्रमिक दिने कानुन पास गरेपछि जनप्रतिनिधिले सेवा सुविधा बुझ्दै आएका छन्। को’रोनाको कारण सिङ्गो देशनै समस्यामा रहेको कारण

अर्थतन्त्र पनि धराशायी बनेको र आफूहरु जनप्रतिनिधि
भएपछि आफू पनि बाँचौँ र जनतालाई पनि बचाऊ भन्ने उद्देश्यले सबै जनप्रतिनिधिले यो नि’र्णय गरेको अध्यक्ष दुललले बताए। जनप्रतिनिधिबाट ४० लाख र गाउँपालिकाको स्रोत बाट २० लाख गरी आ’र्थिक वर्षको लागि ६० लाख रुपैयाँको

कोरोना नि’यन्त्रण कोष बनाउन लागिएको गाउँपालिकाले जनाएको छ। उक्त कोषमार्फत को’रोना परीक्षणका लागि स्वास्थ्य सामग्री खरिद परीक्षण गराउन ल्याउने स्वास्थ्यक’र्मीको भक्ता यातायात लगाएको क्षेत्रमा उक्त रकम खर्च गरिने गाउँपालिकाले जनाएको छ। रासस

Facebook Comments
नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।