Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

यस वर्ष ५० भन्दा बढी मुलुकमा निर्वाचन, लोकतन्त्रको पनि परीक्षा


यस वर्ष ५० भन्दा बढी मुलुकमा निर्वाचन, लोकतन्त्रको पनि परीक्षा

पृथ्वीको आधा जनसङ्ख्या बसोबास गर्ने ५० भन्दा बढी मुलुकमा सन् २०२४ मा राष्ट्रिय निर्वाचन हुन लागेको छ। यद्यपि मतको अधिकार प्रयोग गर्ने नागरिकहरूको सङ्ख्या राम्रो समाचार होइन। यो वर्ष सबैभन्दा बलियो लोकतन्त्रको पनि परीक्षा लिने र अधिनायकवादी नेताहरूको हात बलियो बनाउनका लागि तयार भए जस्तो देखिन्छ।

रुस, ताइवान र संयुक्त अधिराज्यदेखि लिएर भारत, एल साल्भाडोर र दक्षिण अफ्रिकासम्म राष्ट्रपति र विधायिकी प्रतिस्पर्धाहरूले मानव अधिकार, अर्थतन्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध र अस्थिर विश्वमा शान्तिको सम्भावनाहरूमा ठूलो प्रभाव पार्छ।

केही मुलुकमा मतदान न स्वतन्त्र हुनेछ न त निष्पक्ष नै। साथै केही मुलुकमा विपक्षी उम्मेदवारमाथि अङ्कुश, थकित मतदाता र हेरफेर तथा गलत सूचनाको सम्भावनाले लोकतन्त्रको भाग्यलाई एउटा प्रमुख अभियानको मुद्दा बनाएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका पूर्ववर्ती डोनाल्ड ट्रम्पबीच सम्भावित पुनः प्रतिस्पर्धा चुनावी क्यालेन्डरमा ठूलो देखिन्छ। नोभेम्बरमा ट्रम्पको जित सम्भवतः सबैभन्दा ठूलो वैश्विक वाइल्डकार्ड हो। यद्यपि त्यसभन्दा पहिला उच्च दाउको मतले दूर–दराजका मतदाताहरूबिच ‘असन्तोष, अधैर्य, असहजताको मनोदशा’ को आकलन गर्ने लन्डनस्थित थिङ्क–ट्याङ्क चाथम हाउसका निर्देशक ब्रोनवेन म्याडक्सले बताए।

नेताहरूमा आफ्नो पकड बलियो बनाउने चाहना

विश्वको सबैभन्दा लामो समयसम्म सेवा गर्ने महिला नेत्री बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले विपक्षी दलहरूले बहिष्कार गरेको सोमबारको निर्वाचनमा लगातार चौथो कार्यकाल जितेकी छन्। हसिनाको अवामी लिग पार्टी ४० प्रतिशतको कम मतदानमा पुनः निर्वाचित भएको छ र असहमतिलाई दबाउँदा राजनीतिक उथलपुथल हुने खतरा बढेको छ।

विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको मुलुक भारतमा सन् २०२४ को मध्यसम्ममा आम निर्वाचन हुँदैछ। निर्वाचनमा दक्षिणपन्थी हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लगातार तेस्रो कार्यकाल प्राप्त हुने सम्भावना छ।

आफ्ना समर्थकहरूका लागि मोदीले दशकौँको भ्रष्टाचार हटाएका छन् र भारतलाई उदीयमान वैश्विक शक्ति बनाएका छन्। आलोचकहरूले भारतमा प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि हमलाका साथै हिन्दू राष्ट्रवादीहरूले धार्मिक अल्पसङ्ख्यकहरूमाथि हमला बढेको बताएका छन्।

सत्ता कायम राख्ने चाहना राख्ने अर्का नेता एल साल्भाडोरका राष्ट्रपति नायब बुकेले छन्। उनले अति हिंसात्मक सडक गिरोहमाथि आक्रामक कारवाहीका लागि आपत्कालीन शक्तिहरूको प्रयोग गरेदेखि व्यापक समर्थन हासिल गरेका छन्।

लगातार दुई कार्यकालसम्म सेवा गरेका राष्ट्रपतिहरूमाथि संवैधानिक प्रतिबन्धका बावजुद उनको पार्टीले नियुक्त गरेका मानिसहरूले भरिएको सर्वोच्च अदालतले फेब्रुअरी ४ मा बुकेलेलाई राष्ट्रपति पदका लागि मञ्जुरी दिएको छ। विदेशी सरकारहरूले केही नागरिक अधिकारहरूको निलम्बनको आलोचना गरेको भए पनि बुकेलेले गम्भीर प्रतिस्पर्धाको सामना गर्ने अपेक्षा गरिएको छैन।

कोसेढुङ्गा र त्योभन्दा पनि धेरै

मेक्सिको जुन २ मा आफ्नो पहिलो महिला राष्ट्रपति निर्वाचित गर्न तयार छ। निर्वाचनमा राष्ट्रपति आन्द्रे म्यानुअल लोपेज ओब्रेडोरकी शिष्या एवं मेक्सिको सिटीका पूर्वमेयर क्लाउडिया सेनबाउम वा पूर्वविपक्षी सिनेटर जोचिटल ग्याल्वेज निर्वाचित हुनेछन्। विजेताले लागु पदार्थसँग सम्बन्धित डरलाग्दो हिंसा र बढ्दो प्रभावशाली सेना भएको मुलुकमा शासन गर्नेछ।

दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक इन्डोनेसियामा मतदाताहरूले फेब्रुअरी १४ मा राष्ट्रपति जोको विडोडोका उत्तराधिकारी चयन गर्दैछन्। जनमत सर्वेक्षणहरूले दक्षिणपन्थी राष्ट्रवादी रक्षामन्त्री प्रबोवो सुबियान्तो तथा मध्य जाभाका पूर्वगभर्नर गन्जर प्रणवोबिच कडा प्रतिस्पर्धा हुने सङ्केत दिएका छन्। दुवै उम्मेदवार सत्ताधारी दलका हुन्।

सुबियान्ताका प्रतिस्पर्धी मित्र निवर्तमान नेता विडोडोका छोरा हुन्। यसले वंश निर्माणको अडकल लगाइएको छ। यद्यपि कुनै पनि विजेताले सन् १९९८ मा सुहार्तोको तानाशाहीको अन्त्यपछि इन्डोनेसियामाथि प्रभुत्व जमाएको भ्रष्टाचारले भरिएको राजनीतिक निरन्तरतालाई सङ्केत गर्नेछन्।

पाकिस्तानमा फेब्रुअरी ८ मा हुने संसदीय निर्वाचनमा पनि मुलुकको शक्तिशाली सेनाको निगरानीमा स्थापित राजनीतिज्ञहरूले प्रतिस्पर्धा गर्दैछन्। लोकप्रिय विपक्षी नेता एवं पूर्वप्रधानमन्त्री इमरान खान कारागारमा छन् र निर्वाचन अधिकारीहरूले उनलाई निर्वाचनमा उम्मेदवार हुन रोकेका छन्।

उनका प्रतिद्वन्द्वी एवं तीन पटकका प्रधानमन्त्री पाकिस्तान मुस्लिम लिगका नेता नवाज शरिफलाई उनीमाथिको भ्रष्टाचारको अभियोग खारेज भएपछि मतदानमा सामेल हुन अनुमति दिइएको थियो। पूर्वविदेशमन्त्री बुलावल भुट्टो जर्दारी नेतृत्वको पाकिस्तान पिपुल्स पार्टीले पनि निर्वाचनमा उम्मेदवारी दिएको छ।

विश्लेषकहरूले निर्वाचनबाट अस्थिर सरकार बन्ने सम्भावना रहेको बताएका छन्। तालिबान नियन्त्रित छिमेकी मुलुक अफगानिस्तानसँगको सम्बन्धमा गिरावट र पाकिस्तान सुरक्षा बलहरूमाथि घातक हमलाका बिच मतदान स्थगित हुने सम्भावना पनि रहेको छ।

लोकप्रियता चरमोत्कर्षमा पुगेको हो ?

युरोपले आर्थिक अस्थिरता र अन्यत्रबाट ठूलो मात्रामा बसाइँसराइको अनुभव गरेपछि युरोपमा लोकप्रियतावाद बढेको छ। सत्ताइस देशको युरोपेली युनियन (इयु) को संसद्का लागि जुनमा हुने निर्वाचन परम्परागत पार्टीहरूले लोकप्रिय प्रतिद्वन्द्वीहरूलाई हराउन सक्छन् वा सक्तैनन् भन्ने सङ्केत हुनेछ। यी मुलुकमध्ये धेरैले युक्रेनका लागि सैन्य समर्थनलाई लिएर आशङ्का गरिरहेका छन्।

गत वर्षको राष्ट्रिय निर्वाचनहरूले मिश्रित सङ्केत दिएका थिए। स्लोभाकियाले रुस समर्थक लोकप्रिय प्रधानमन्त्री रोबर्ट फिकोलाई निर्वाचित गर्यो तर पोल्यान्डमा मतदाताहरूले रूढिवादी सरकारको स्थानमा मध्यमार्गी डोनाल्ड टस्कको नेतृत्वको गठबन्धनका साथ परिवर्तन गरे।

राजनीतिक परामर्शदाता युरेसिया ग्रुपका मुजतबा रहमानले आगामी युरोपेली संसद्को प्रतिस्पर्धामा लोकप्रिय बहुमत प्राप्त नहुने तर सन् २०१९ मा प्राप्त मतको तुलनामा केन्द्रले मैदान गुमाउने भविष्यवाणी गरे।

युरोपेली युनियनको पूर्वसदस्य संयुक्त अधिराज्यमा लोकप्रियतावादलाई सन् २०१६ को ब्रेक्सिट जनमत सङ्ग्रह तथा पूर्वप्रधानमन्त्री बोरिस जोनसनको अशान्तिपूर्ण कार्यकालमा अभिव्यक्ति प्राप्त गर्यो। यस वर्ष संयुक्त अधिराज्यको आम निर्वाचनमा सत्ताधारी कन्जरभेटिभलाई केन्द्र–वामपन्थी लेबर पार्टीका विरुद्ध खडा गर्नेछ। चौध वर्षपछि सत्ता हासिल गर्न चाहेको लेबर पार्टी जनमत सर्वेक्षणहरूमा बलियोसँग अगाडि देखिन्छ।

अफ्रिकामा लोकतन्त्रका चुनौतीहरू

जलवायु परिवर्तन, युक्रेन युद्धले अन्नको आपूर्तिमा अवरोध र चीन तथा रुसको बढ्दो ध्यान विश्वको सबैभन्दा तीव्ररूपमा बढिरहेको महादेश अफ्रिकालाई नयाँ आकार दिने शक्तिमध्येका एक हुन्।

सन् २०२० पछि आठ पश्चिमी अफ्रिकी मुलुकमा सैन्य विद्रोह भएका छन्। यसमा सन् २०२३ मा नाइजर र ग्याबोन पनि समावेश भएका छन्। सेनेगललाई यस क्षेत्रमा स्थिरताको गढ मानिएको छ। अहिले राष्ट्रपति म्याकी सालले पद छाड्दै गर्दा उनको मुलुकमा फेब्रुअरी २५ मा हुने निर्वाचनलाई मुलुकको राजनीतिक लचिलोपनको सूचकका रूपमा हेरिएको छ।

विपक्षी नेता ओस्मान सोनकोका समर्थकहरूले उहाँमाथि सरकारले विभिन्न कानूनी मामिला चलाउनबाट रोक्ने कोसिस गरेको आरोप लगाएका छन्। यसले घातक प्रदर्शनहरू निम्त्याएको छ। युरेसिया समूहका विश्लेषक तोची एनी–कालुले भने, “राष्ट्रपति निर्वाचनले विगतका वर्षहरूका मापदण्डमा फर्कन वा थप अस्थिर राजनीतितर्फ स्थायी परिवर्तनको सङ्केत गर्न सक्छ।”

दक्षिण अफ्रिकामा मे र अगस्टबीच हुने विधायिकाको निर्वाचनको राजनीतिक पृष्ठभूमिमा सङ्घर्षरत अर्थतन्त्र, विद्युत् कटौती र करिब ३२ प्रतिशतको बेरोजगारी दर रहेको छ। लामो समयदेखि प्रभावशाली अफ्रिकी राष्ट्रिय कांग्रेस (एएनसी) का लागि मतदाताहरूको भ्रम हटाउने चुनौती हुनेछ।

सन् १९९४ मा मुलुकको जातीय रङ्गभेदी प्रणालीको अन्त्य भएदेखि एएनसीसँग राष्ट्रपति पद र संसद्मा बहुमत कायम छ तर पहिला सम्मानित उक्त दलले सन् २०२१ को स्थानीय निर्वाचनमा आधाभन्दा कम मत हासिल गरेको छ।

यदि उसको समर्थन ५० प्रतिशतभन्दा कम भयो भने सांसदहरूले राष्ट्रपति सिरिल रामफोसालाई पुनः निर्वाचित गर्नका लागि पार्टीलाई गठबन्धन बनाउनुपर्ने आवश्यकताको सुनिश्चित गर्नुपर्नेछ।

विश्वको सबैभन्दा कान्छो मुलुक दक्षिण सुडानले आफ्नो लामो समयदेखि विलम्ब भएको निर्वाचन डिसेम्बरमा गर्ने योजना बनाएको छ। मतदान कोसेढुङ्गा साबित हुनेछ तर विद्यामान परिस्थितिमा खतरा र असफलताको चपेटामा पर्नसक्ने आशङ्का गरिएको छ।

दक्षिण सुडानी नागरिकहरूका लागि विश्वसनीय र स्वीकार्य मानिने मतदाता दर्ता विवरण, सुरक्षा योजना र विवाद समाधान गर्ने तरिका स्वतन्त्र निर्वाचन सुनिश्चित गर्न आवश्यक पर्ने हराएका तत्वहरू भएको दक्षिण सुडानमा संयुक्त राष्ट्रसङ्घका मिसन प्रमुख निकोलस हेसोमले गत महिना सुरक्षा परिषद्मा बताएका थिए।

रबर स्ट्याम्प अभ्यासहरू

मार्चमा रुसको राष्ट्रपति निर्वाचनमा कसले जित्नेछ भन्नेमा कुनै सन्देह छैन। राष्ट्रपति भ्लादिमिर पुटिनले पाँचौँ कार्यकालका लागि केवल साङ्केतिक विरोधको सामना गर्नुपरिरहेको छ। उनका प्रमुख प्रतिद्वन्द्वी कारागारमा छन्, निर्वासनमा छन् वा मरिसकेका छन्। साथै युक्रेनमा शान्तिको माग गर्ने एक राजनीतिज्ञलाई अयोग्य घोषित गरिएको छ।

राष्ट्रपति अलेक्जेन्डर लुकासेन्को नेतृत्वको बेलारुसमा पनि यस्तै कथा छ। लुकासेन्कोको सरकारले पुटिन सहयोगीको विवादित पुनरनिर्वाचनविरुद्धको विरोध प्रदर्शनलाई दबाएपछि फेब्रुअरी २५ मा मुलुकको पहिलो संसदीय निर्वाचन हुने अपेक्षा गरिएको छ। हजारौँ विरोधी कारागारमा छन् वा मुलुक छाडेर भागेका छन्।

अझै पनि आफ्ना सबै समस्याका बावजुद यहाँसम्म कि अधिनायकवादी नेताहरूका लागि समेत लोकतान्त्रिक आदर्शले व्यापक अपिल राख्ने म्याडक्सले बताए। “तथ्य के हो भने उनीहरूले निर्वाचन गराउने निर्णय गरेका छन्, उनीहरूले स्वतन्त्र मतदानको दाबीको महत्त्वलाई हेरेको यसबाट थाहा हुन्छ”, उनले भने।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In