दमौली (तनहुँ) – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै पञ्चवर्षीय योजनामा समेटिने बताएका छन्।
गण्डकी प्रदेश नीति तथा योजना आयोगले शनिबार तनहुँको बन्दीपुर गाउँपालिका–५ मा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजनासम्बन्धी अन्तरक्रियामा मुख्यमन्त्री पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै समेट्न सके त्यो प्रभावकारी हुने उल्लेख गरे।
मुख्यमन्त्री पाण्डेले गाउँबाट सहरतर्फ बसाइँसराइको क्रम बढेकाले गाउँबाट हुने जनशक्ति पलायन रोक्ने नीति पहिलो प्राथमिकतामा रहने बताए। उनले शिक्षा, स्वास्थ्य, रोजगारीलाई पनि प्राथमिकताका साथ पञ्चवर्षीय योजनामा समेट्ने उल्लेख गरे।
सो अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जितप्रकाश आलेले समग्र गण्डकी प्रदेशको हित हुनेगरी योजना बनाइने दाबी गरे।














