Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

बिपीको मेलमिलापको कसीमा वर्तमान


बिपीको मेलमिलापको कसीमा वर्तमान

नेपाली कांग्रेसका संस्थापक महानायक बिपी कोइराला आठ वर्षको भारत निर्वासनपछि स्वदेश फर्कनुभएको दिनलाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ। त्यसो त कांग्रेसभित्रैका केही नेताको बुझाइमा भारत गमन बिपीको आत्मनिर्वासनको निर्णय थियो। बिपी त्यसबेला भारत जानुपर्ने कुनै खास आन्तरिक कारण नरहेको यो तप्काको बुझाइ छ। तर यो एक विचार मात्र हो। यसको पक्षमा सम्पूर्ण समर्थन जनाउन सकिने अवस्था छैन। यस धारणाको विपक्षमा अर्कोथरि धारणा पनि छ–शायद बिपी त्यसबेला भारत नजानु भएको भए नेपालको राजनीतिले फरक धार समाउने थियो होला।

यस्तै भारतबाट नेपाल फर्कनु पनि बिपीको रणनीतिगत योजना थियो र त्यो अपरिहार्य थियो भन्नेहरुको मत पनि वलियो छ। त्यतिबेलाको राष्ट्रिय राजनीतिको आवश्यकता बोध गरेर बिपीबाट लिइएको एक अनिवार्य तर परिपक्व निर्णय थियो, नेपाल आगमन। जे होस्, यो वहसको फरक विषय हो। इतिहाससँग जोडिएको यस विषयका सम्बन्धमा भविष्यले अनेकथरि धारणा तय गर्ने सम्भावनाहरु जीवित नै रहन्छन्। तर मेलमिलापको औचित्य स्वीकार गर्दै बिपी नेपाल फर्कनु भएपछि नेपालको आन्तरिक राजनीतिले नयाँ धार र दिशा लिएको भने पक्कै हो। यसमा दुई मत हुन सक्दैन।

सन् १९६८ मा भारत गएका बिपी ३० डिसेम्बर १९७६ का दिन स्वदेश फर्केका थिए। बिपी नेपाल फर्कनु भएको कुराको त्यसबेला कांग्रेसलगायत प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास गर्ने धेरैले स्वागत गरेका थिए। तर उनको अनुपस्थितिका कारण रिक्त स्थानको लाभ उठाउँदै टाउको उठाउन थालेको वामपन्थले भने बिपीको स्वदेश आगमनलाई खासै रुचाएको थिएन भनेर टिप्पणी गर्ने गरिन्छ। यसमा कति सत्यता छ, त्यो अनुसन्धानको फरक विषय हो। बिपी नेपालबाट जाँदा र फर्कँदाको बीचमा स्थानीय राजनीतिक परिदृश्यमा निकै फरकपन आइसकेको थियो।

राजा महेन्द्र, जसले नेपालमा वामपन्थ बढ्न सहयोग गरे भन्ने मानिन्छ, को अवसान भइसकेको थियो। राजाका रुपमा बेलायतमा उच्च अध्ययन गरेका वीरेन्द्र अवतरित भएका थिए। चीनको परिवर्तित राजनीतिक अवस्थाको प्रभाव नेपालमा परेको थियो। बङ्गलादेशको स्थापना र भारतमा सिक्किम विलयको प्रभावबाट पनि नेपाल अछुतो थिएन। यसै विषयलाई लिएर नेपालमा विद्यार्थी आन्दोलन पनि चर्केको थियो। नेपाली कांग्रेसले विगतमा प्रारम्भ गरेको सशस्त्र सङ्घर्षको औचित्यमाथि कांग्रेसभित्रै प्रश्नचिन्ह उठाइरहिएको थियो। विश्व असंग्लग्न आन्दोलनमा सहभागी भएर नेपाली राजतन्त्रले आफ्नो औचित्य प्रमाणितको प्रयास गरिरहेको थियो। यस्तो परिस्थितिमा बिपीको नेपाल आगमन भएको थियो, जसले तात्विकरुपमा निकै अर्थ राख्दथ्यो।

बिपीको नेपाल आगमनको सन्दर्भलाई आजको अवस्थामा नयाँ ढङ्गले विश्लेषण गरिनु आवश्यक छ। माथि उल्लेखित पृष्ठभूमिका केही कारक अवस्था हुन्, जसको विश्लेषण गरिनु जरुरी छ र यसै आलोकमा बिपीको नेपाल आगमन र राष्ट्रिय मेलमिलापको नीतिलाई बुझ्नु जरुरी छ। अर्को कुरा, बिपीको अनुपस्थितिमा नेपाली राजनीतिले एक नयाँ ‘कोर्स’ लिने प्रयास त गरिरहेको थियो नै सँगै निर्वासित भूमिमा रहेका सम्बद्ध जिम्मेबारसँग पनि उनको दूरी बढिरहेको आँकलन त्यसबेला गरिएको थियो। जवाहरलाल नेहरु पुत्री इन्दिरा गान्धी सन् १९७५ को इमरजेन्सीमार्फत् निकै शक्तिशाली बनको चर्चा त्यसबेला थियो। विमान अपहरणको आरोपमा केही व्यक्तिलाई भारत सरकारले पक्राउ गरेको भनिएको थियो। यस्तो अवस्थामा सायद बिपीलाई भारतमा रहिरहँदा आफ्नो राजनीतिमा बाह्य निगरानी र नियन्त्रण बढ्न सक्ने सम्भावनाले पनि गाँजेको हुन सक्छ र नेपाल फर्केर कमजोर बन्दै गइरहेको प्रजातान्त्रिक आन्दोलनलाई नयाँ ढङ्गले उचाईमा पुर्याउनु जरुरी थियो।

बिपी नेपालका पूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो। नेपाली कांग्रेसका सभापति हुनुहुन्थ्यो। यसर्थ उहाँको नेपाल आगमनलाई किन अस्वाभाविक मान्ने भन्ने प्रश्न गर्न सकिन्छ तर नेपालको आन्तरिक राजनीतिक कारणले निर्वासनमा रहेकाले बिपीले नेपाल आगमन हेतु त्यही समय किन रोज्नुभयो भन्ने प्रश्न महत्वपूर्ण छ। यस सन्दर्भमा माथिका आधारमा विश्लेषण गर्ने हो भने नेपाल आगमनको त्यो समयलाई बिपीले रणनीतिक रुपमा प्रयोग गरेको रुपमा बुझ्न सकिन्छ। त्यसबेलामा राष्ट्रिय राजनीतिका सन्दर्भमा सम्भवतः बिपीका सामु तीन चार अवस्था विश्लेषणयोग्य थिए।

पहिलो, राजा महेन्द्रको अवसान भई राजा वीरेन्द्रको उदय भइसकेको थियो, जो तुलनात्मकरुपमा प्रजातन्त्रमा विश्वास गर्छन् भन्ने मानिन्थ्यो। अतः हिजोको राजासँगको व्यक्तित्वको लडाई अन्त्य गरेर नयाँ राजासँग सम्बन्ध सुधार गरी नेपालमा प्रजातन्त्रको सङ्घर्षको नयाँ अध्याय प्रारम्भ गर्न सकिन्छ भन्ने बिपीको बुझाई हुन सक्छ। उहाँको मेलमिलाप नीतिको विश्लेषण गर्ने हो भने यो राजा लक्षित थियो भन्न सकिने आधारहरु प्रशस्त छन्। उहाँले राष्ट्रियता संरक्षणको कुरा उठाउँदै राजाको घाँटी र आफ्नो घाँटी जोडिएको उल्लेख गरेबाट पनि बिपीको रणनीतिक सोचको विश्लेषण गर्न सकिन्छ।

दोस्रो, आफ्नो अनुपस्थितिमा रिक्त स्थानमा टाउको उठाउन थालेको वामपन्थी प्रभावलाई रोक्नु जरुरी रहेको बिपीको बुझाई हुन सक्छ। प्रजातान्त्रिक आन्दोलन कमजोर हुँदा वामपन्थी आन्दोलन फस्टाउन सक्थ्यो र शीतयुद्धकालीन विश्वमा नेपाल कुनै खास खेमामा आवद्ध हुन सक्थ्यो।

तेस्रो, मूलधारबाट धेरै समय टाढा रहँदा राष्ट्रिय राजनीतिमा आफ्नो प्रभाव कमजोर हुन सक्थ्यो र नेपाली कांग्रेसमाथिको आफ्नो नियन्त्रण र प्रभाव नै पनि समस्यामा पर्न सक्थ्यो।

र चौथो, नेपालमा बढ्दो आन्तरिक कट्टरवादी प्रभाव र विदेशी स्वार्थलाई रोक्नु जरुरी थियो।

सम्भवतः यी यस्ता आधार थिए जसले बिपीलाई त्यही समयमा नेपाल फर्कन प्रेरित गरेको हुन सक्छ। तर जे होस तात्कालीन राष्ट्रिय राजनीतिमा बिपीको मेलमिलाप नीतिको सकारात्मक प्रभाव परेको थियो, यसमा विमति हुन सक्दैन। सबभन्दा महत्वपूर्ण कुरा बिपी स्वदेश फर्कनु भएपछि आमजनतामा नयाँ आशाको सञ्चार भएको थियो भने कांग्रेसले नै पनि नयाँ रुप प्राप्त गर्ने प्रयासको प्रारम्भ भएको थियो। वैचारिक दृष्टिले कांग्रेस तुलनात्मकरुपमा केही परिपक्व भएको अनुभव गरियो।

आज नेपालमा राजतन्त्र छैन। वामपन्थी आन्दोलन पनि हिजोको अवस्थामा छैन। कांग्रेसले पनि नयाँ उचाई र कलेवर प्राप्त गरेको छ। कांग्रेसको नेतृत्व कोइराला परिवारभन्दा बाहिर गएको छ। विश्वमा रहेको असंग्लगन आन्दोलन कमजोर भएको छ र प्रत्यक्षतः शीतयुद्धको अवस्था छैन। यस्तोमा प्रश्न उठ्छ, के बिपीको राष्ट्रिय मेलमिलापको नीति आजको अवस्थामा पनि सान्दर्भिक छ ? नेपालमा उदारवादी राजनीतिको प्रणेता मानिने बिपी र नेपाली कांग्रेसको यो नीति, आज नेपाललगायत विश्वमा कट्टरपन्थले स्थान ओगटिरहेको अवस्थामा, को औचित्य छ ? यसको जवाफ हो, छ। बरु हिजोको दिनभन्दा आज यो नीति अझै सान्दर्भिक र महत्वपूर्ण ठहरिएको छ। हाल देशले विभिन्न नाममा राजनीतिक निकास नपाइरहेको अवस्थामा यो नीतिको उपयोगले सार्थक परिणाम सिर्जना गर्न सक्छ।

देश आज सङ्घीयतामा गएको छ। नयाँ संविधान कार्यान्वयनको अवस्थामा छ। हिजोका भन्दा फरक राजनीतिक अवस्था छ। राजनीतिमा नयाँ पात्र र विचारको उदय भएको छ। भूराजनीतिक अवस्था संवेदनशील छ। यस्तो अवस्थामा शायद नेपालको राजनीति र समग्र अवस्था हिजोको भन्दा जटिल छ। यस्तोमा मेलमिलापको सान्दर्भिकता बढेर गएको कुरामा दुई मत हुन सक्दैन। नेपालको विकास अपरिहार्य रहेको अवस्थामा नेपालका सबैथरि राजनीतिक शक्तिका बीच न्यूनतम् समझदारीको आवश्यकतालाई अस्वीकार गर्न सकिँदैन। यस परिस्थितिमा बिपीको राष्ट्रिय मेलमिलापको नीतिले सार्थक परिणाम दिन सक्छ र हाल देशले राजनीतिक निकास नपाइरहेको अवस्थामा निश्चय पनि निकास पहिल्याउन सक्छ।

(लेखक – धर्मेन्द्र झा)

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In