Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

विवाहको नाममा शोषणमा परिरहेका रोहिंग्या किशोरी


विवाहको नाममा शोषणमा परिरहेका रोहिंग्या किशोरी

म्यानमार र बंगलादेशका शरणार्थी शिविरहरूमा बिग्रँदै गएको अवस्थाका कारण दर्जनौं नाबालिग रोहिंग्या युवातीहरूलाई रोहिंग्या पुरुषहरूले नै विवाहको प्रलोभन देखाएर शोषण गरिरहेका छन्।

एक १४ वर्षीया किशोरीका लागि मलेसियाको कोठा जेल बनेको छ। कंक्रीटको भुइँमा बसेर उनले आँसु पुछ्दै उनका ३५ वर्षका श्रीमानले हरेक रात आफूलाई बलात्कार गर्ने गरेको बताइन् ।

यी किशोरीले गत वर्ष आफ्नो परिवारलाई संकटबाट बचाउनको लागि आफूलाई उनीसमक्ष आत्मसमर्पण गर्ने निर्णय गरेकी थिइन्। म्यानमारमा उनी र उनको परिवार गरिबी र भोकको चपेटामा थिए र म्यानमार सेनाको डरले जीवन बिताइरहेका थिए।

एक छिमेकीले उनलाई मलेसियामा एक व्यक्तिको बारेमा बताए जसले उनलाई त्यहाँबाट निकालेर मलेसिया लैजान करिब ३ हजार ८०० डलर तिर्न तयार थियो। युवतीसँग बिहे गरेपछि उसका आमाबुवा र तीन भाइबहिनीलाई खानाको व्यवस्था गर्न पैसा पठाउन केटा तयार भए।

अन्ततः उनले आँसुसँगै आमाबुवालाई अँगालो हालेर बिदा भइन् र त्यसपछि बच्चाहरूले भरिएको तस्करको गाडीमा चढिन्। त्यतिबेलासम्म उनलाई यो थाहा थिएन कि कस्तो डरलाग्दो परिस्थितिले उनलाई पर्खिरहेको छ भन्ने।

उनलाई यति मात्र थाहा थियो कि उनको परिवारको बाँच्ने आस उनको नाजुक काँधमा छ। उनी अहिले मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको आफ्नो बेडरूममा टेडी बियर पैजामा लगाएर बसिरहेकी छिन्।

उनी बसेको कोठामा फर्निचर छैनन्। खाली सेतो पर्खालमा दाग र ठाउँठाउँमा उप्किएका पाप्राहरु छन्। छतबाट झुन्डिएको एक रसी छ। यदि उनको पतिले जबरजस्ती बच्चा जन्माउन कर गरेमा त्यसको लागि पिङ बनाउन सहज होस्।

भक्कानिएको स्वरमा किशोरी भन्छिन्, “म घर फर्कन चाहन्छु, तर म फर्किन सक्दिनँ, म यहाँ फसेको छुँ।”

म्यानमार र छिमेकी बंगलादेशका शरणार्थी शिविरहरूमा खराब अवस्थाले दर्जनौं नाबालिग रोहिंग्या केटीहरूलाई त्यस्ता रोहिंग्या पुरुषहरूसँग विवाह गर्न बाध्य बनाइएको छ जसले उनीहरूलाई प्रायः शोषण मात्रै गर्छन्।

एसोसिएटेड प्रेसले २०२२ पछि मलेसिया आइपुगेका १२ किशोरी रोहिंग्यासँग कुरा गरेको छ। तिनीहरूमध्ये सबैभन्दा कान्छी किशोरी मात्र १३ वर्षकी छिन्। ति सबै किशोरीले आफ्ना श्रीमानले आफूहरुलाई बन्धक बनाएको र बाहिर पनि निस्कन नदिएको बताए।

अधिकांश किशोरीहरूले मलेसिया जाने बाटोमा तस्कर र अन्य पुरुषहरूले आफूहरुलाई कुटपिट र बलात्कार गरेको बताए। अधिकांश किशोरीहरुले आफू आमा बन्न तयार नभएको बताइरहे पनि त्यहाँ ल्याइएका आधाजसो किशोरीहरु या त गर्भवती छन् वा आमा बनिसकेका छन्।

आमाबुवाले विवाह गर्ने निर्णय गर्दा विरोध नगरेको भनेर सोध्दा १६ वर्षीया किशोरी एकछिन् अलमलमा परिन् र भनिन्, “मेरा लागि यो अभाव र दलदलबाट निस्कने मात्र एक बाटो थियो।”

उनलाई अझै पनि म्यानमारको त्यो डरलाग्दो दृष्यको सम्झनाले सताइरहन्छ जहाँ सन् २०१७ मा सैनिकहरूले उनको घर जलाइदिए, उनका छिमेकीहरूमाथि बलात्कार गरे र उनकी फुपुलाई गोली हानेर मारिदिए।

उनले भनिन्, ‘म विवाहका लागि तयार थिइनँ तर मसँग कुनै विकल्प थिएन।’ अहिले उनी २७ वर्षको श्रीमानसँग आफू फसेको महसुस गरिरहेकी छिन्।

बंगलादेशको सेभ द चिल्ड्रेनले कक्स बजारको शिविरमा भइरहेको बालविवाह सबैभन्दा ठूलो चिन्ताको विषय भएको बताएको छ। एसियाका लागि संगठनको क्षेत्रीय वकालत र अभियान निर्देशक शाहीन चुगताई भन्छिन्, “केटीहरू बढी जोखिममा छन्। उनीहरुको सानै उमेरमा विभिन्न ठाउँमा विवाह गरेर पठाइँदैछ।”

क्वालालम्पुरको रोहिंग्या महिला विकासकी कार्यकारी निर्देशक नाशा निक भन्छिन्, “वास्तवमा, ठूलो संख्यामा रोहिंग्याहरू विवाह गर्न यहाँ आउँदैछन्।” संस्थाको सानो कार्यालयले यी किशोरीका बालिकाका लागि खेलौना, लैङ्गिक हिंसासम्बन्धी शैक्षिक किट र केही सिलाई मेसिनहरू उपलब्ध गराएको छ।

त्यहाँ पुगेका महिलाले यी मेसिनहरूमा गहना र अन्य चीजहरू बनाउन सिक्छन् र तिनीहरूलाई बेचेर उनीहरूले आफ्नो लागि केही पैसा कमाउँछन्। नाशा भन्छिन्, “उनीहरूका लागि अरू कुनै सुरक्षित ठाउँ छैन। घरेलु हिंसा धेरै छ।”

अधिकांश महिलाहरूसँग कुनै आधिकारिक कागजात छैन। मलेसियाले संयुक्त राष्ट्रसंघको शरणार्थी महासन्धिमा पनि हस्ताक्षर गरेको छैन, त्यसैले उनीहरूलाई अवैध आप्रवासी मानिन्छ।

यस्तो अवस्थामा आफूमाथि भइरहेको शोषणबारे मलेसियाका अधिकारीसमक्ष उजुरी गर्नु उनीहरु आफ्नैका लागि जोखिम हुनसक्छ। यदि त्यसरी बसिरहेको थाहा भएमा उनीहरुलाई जेल सजाय पनि हुनसक्छ।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In