नेपालले एसिसी यू-१९ एसिया कपमा भारतविरुद्ध लज्जास्पद ब्याटिङ प्रदर्शन गरेको छ। नेपाल २२.१ ओभरमा ५२ रनमा अल आउट भयो। भारतका तीव्र गतिका बलर राज लिम्बानीले एक्लै ७ विकेट लिए।
नेपालका कुनैपनि खेलाडीले भारतीय बलिङसामु दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालका लागि हेमन्त धामीले १८ बलमा १ चौकासहित सर्वाधिक ८ रन बनाए। दिपक बोहरा र अर्जुन कुमालले समान ७/७ रन बनाए।
भारतका तीव्र गतिका बलर राज लिम्बानीले ९.१ ओभरमा ३ मेडनसहित १३ रन खर्चेर ७ विकेट लिए। आराध्य शुक्लाको नाममा २ विकेट रह्यो। नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो।














