Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’


भरतपुर अस्पतालमा थपियो ‘बर्थिङ युनिट’

चितवन – भरतपुर अस्पतालमा बच्चा जन्माउनका लागि थप पाँच वटा ‘बर्थिङ स्वीट्स रुम’ थपिएका छन्। प्राकृतिकरूपमा बच्चालाई जन्मदिने सुविधासम्पन्न सो बर्थिङ युनिट थप गरिएको हो। अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीका अनुसार रु १ करोडको लागतमा निर्माण गरिएको नयाँ युनिट प्रसूति भवनको नजिकै थप गरिएको हो।

प्रसूतिका लागि अस्पताल आएका तर कुनै खालको स्वास्थ्य जटिलता नभएका गर्भवती महिलालाई उक्त स्वीट्स रुममा राखिने छ। स्वीट्स रुममा पति वा नजिकको अभिभावक पनि सँगै रहने व्यवस्था गरिएको छ। प्रसूतिको समयमा अधिक पीडा हुने र उक्त समयमा अभिभावक साथमा रहँदा पीडा कम हुने विकसित मुलुकको अभ्यासलाई यहाँ प्रयोगमा ल्याउन लागिएको डा तिवारीले बताउनुभयो। अभिभावकसँगै प्रत्येक स्वीट रुममा जना नर्स रहने व्यवस्था गरिएको छ।

डा तिवारीले भने, “यो गर्भवती महिलाले प्राकृतिक रुपमा बच्चालाई जन्मदिने ठाउँ हो।” प्रसव पीडाको समयमा थप पीडा नहोस्, सहज होस् भन्नका लागि यो प्राकृतिक वातावरणको अवधारणा ल्याइएको उल्लेख गर्दै उनले भने, “प्रसव पीडा पति वा अभिभावकलाई बाँड्न नपाउँदा महिलालाई थप पीडा महसुस हुन्छ। पतिले पनि सँगसँगै सहयोगसहितको सान्त्वना दिन सकोस् भन्नका लागि यो युनिट निर्माण गरिएको हो।”

डा. तिवारीका अनुसार प्रसूति सेवाका लागि भर्ना भएका गर्भवती महिलाको सम्पूर्ण परीक्षण गरी निरन्तर चिकित्सक आवश्यक नपर्ने अवस्थामा मात्रै स्वीट रुममा लगिने छ। स्वीट रुममा प्रसूति हुँदा आवश्यक पर्ने सम्पूर्ण सामान पहिले नै तयारी अवस्थामा रहने छन्। सुविधासम्पन्न र आधुनिक भएका कारण स्वास्थ्यका दृष्टिकोणले पनि यो अति महत्वपूर्ण हुन्छ। आमालाई पनि सहज हुने गरी सुविधा दिईएको छ।

विगतमा बच्चाको मुटुको चाल, आमाको स्वास्थ्यको अवस्था हेरेर तुरुन्त शल्यक्रिया गर्नुपर्ने अथवा भ्याकुम लगाउनुपर्ने अवस्था छुट्याएर सम्बन्धित ठाउँमा लैजाने गरिएको उल्लेख गर्दै उनले भने “नौ महिनासम्म गर्भ परीक्षण गर्दा सामान्य भएका र अस्पताल भर्ना हुँदा बच्चा र आमाको अवस्था सामान्य भएकालाई यहाँ ल्याउँछौँ।”

देशका ठूला अस्पतालमा यस्तो सुविधा लैजाने भन्ने नीतिअनुरुप पहिलोपटक यस अस्पतालमा सेवा सुरु गरिएको छ। अस्पतालमा प्रसूति सेवा लिनेको चाप बढी भएकाले शय्या सङ्ख्या बढाएर ६० पुर्याइएको डा. तिवारीले जानकारी दिए। उनले भने “यसले पनि अझै शय्या पुगेको छैन। कतिपय क्याबिनमा बस्न खोज्छन्। त्यो पनि पर्याप्त छैन। प्रसूतिसम्बन्धी छुट्टै भवन आवश्यक छ।”

अस्पतालका स्त्री तथा प्रसूति विभागका प्रमुख प्रा. डा. सुनिलमणि पोखरेलका अनुसार गत वर्ष अस्पतालमा ११ हजार ८९८ जना शिशु जन्मिएका थिए। तीमध्ये ४० प्रतिशत हाराहारी शल्यक्रियाबाट बच्चा झिकिएको हो। पोखरेलका अनुसार दैनिक ३० देखि ४० गर्भवती महिला प्रसूति सेवाका लागि अस्पताल आउने गर्दछन्। उनीहरु चितवनसहित छिमेकी दसभन्दा बढी जिल्लाबाट आउने गर्दछन्।

अस्पतालमा पोखरेलको नेतृत्वमा १३ विशेषज्ञ चिकित्सक र ३० तालिम प्राप्त नर्स कार्यरत छन्। उनीहरु २५ वर्षसम्मको अनुभवी छन्। नयाँ बर्थिङ युनिटका लागि आठ नर्सलाई तालिम दिइएको छ। तीमध्ये दुईजना मिड वाईफरीमा स्नातक गरेका छन् भने ६ जना ‘स्किल बर्थिङ एटेन्डेन्स’ को तालिम लिएका नर्स छन्।

अस्पतालमा नवजात शिशुका लागि १६ शय्याको शिशु सघन उपचार कक्ष रहेका छन्। चार शय्याको कङ्गारु कियर रहेको छ। प्रसूतिका लागि दुई वटा शल्यक्रिया कक्ष छन्। अस्पतालका ३९ वटा क्याबिन अधिकांशमा प्रसूति गराएकाबाटै भरिने गरेको छ। पोखरेलले बर्थिङ युनिट थप भएसँगै प्राकृतिक रुपमा घरकै वातावरणमा बच्चा जन्माउन सकिने बताउनुभयो। राजधानी बाहिर सबैभन्दा बढी प्रसूति सेवा दिने अस्पतालमा यो पर्दछ।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In