Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

विवाहका लागि दुलहीलाई कुन दिन कस्तो पहिरन?


विवाहका लागि दुलहीलाई कुन दिन कस्तो पहिरन?

इंगेजमेन्टका लागि

इंगेजमेन्टबाट सम्बन्धको सिँढी उक्लने हुनाले यो दिनको विशेष महत्त्व हुन्छ। यो दिन दुलहीहरू सफ्ट तथा पेस्टल कलरमा आकर्षक देखिन्छन्, तर मौसमअनुसार फेब्रिक छनौट गर्न बिर्सनु हुँदैन। जाडो महिनामा इंगेजमेन्ट गर्ने हो भने गाढा रंग छान्नुपर्छ जसले वार्म लुक दिन्छ। गर्मी मौसममा भने सफ्ट तथा पेस्टल कलर उत्तम हुन्छ। यस्तो अवसरमा दुलहीको स्किन कलरअनुसार फेब्रिक तथा रंग छान्नुपर्छ। अहिले दुलाहा र दुलहीको पहिरन म्याच गराउने चलन छ।

प्रि–ब्राइडल फोटोसुट, इंगेजमेन्ट फोटोसुटसमेत हुने भएकाले दुलाहा र दुलही सँगै गएर एउटै रंगका फेब्रिक तथा डिजाइन छान्नु अझ उत्तम हुन्छ। इंगेजमेन्टमा ठूलो प्रिन्ट भएको पहिरन सकेसम्म लगाउनु हुँदैन गोरो छाला भएकाहरूलाई पेस्टल वा नेचुरल कलर राम्रो देखिन्छ भने हल्का काला देखिनेहरूले हल्का रंग नै छान्नुपर्छ।

इंगेजमेन्टका दिन प्राय: साडी लगाइँदैन, केही समयअघिसम्म इंगेजमेन्टका दिन लेहेंगा लगाउने ट्रेन्ड थियो, अहिले यसका लागि पनि दुलाहा–दुलही दुवैले एउटै कन्सेप्ट बनाएका हुन्छन्। इंगेजमेन्टका दिन डिजाइनर गाउन, रिसेप्सनका दिन लेहेंगा, अन्माउने दिन साडी लगाउने ट्रेन्ड बढ्दो छ। फरक–फरक इभेन्टमा फरक–फरक मेकअप, हेयर स्टायल तथा ड्ेरसअप गर्दा तस्बिर पनि राम्रो र फरक किसिमको आउँछ।

रिसेप्सनको दिन

रिसेप्सनको दिन दुलहीमा विशेष रूपमा सुन्दर देखिने चाहना हुन्छ जसमा पहिरनले विशेष भूमिका निर्वाह गर्छ। यो दिनका लागि दुलहीको शारीरिक बनावटअनुरूपको पहिरन तयार गराउनुपर्छ। पहिरन छान्नुअघि परिवार तथा फेसन डिजाइनरसँग सल्लाह लिनुपर्छ। कतिपय पहिरन आफूले लगाउँदा निकै सुहाएजस्तो भए पनि अरुको आँखामा नराम्रो देखिएको हुनसक्छ।

अहिले रिसेप्सनका लागि लेहेंगा नै सबैको पहिलो रोजाइमा छ। रिसेप्सनको लेहेंगा भेल्भेट, र–सिल्क, नेट वा सिल्क फेब्रिकमा तयार गराउन सकिन्छ। लङ ज्याकेट, र–सिल्क तथा भेल्भेटबाट बनाइएका लेहेंगाले दुलहीलाई थप सुन्दर देखाउँछ। अहिले चिसो मौसम भएकाले दुलहीका लागि न्यानो पहिरन आवश्यक हुन्छ। यसका लागि लङ ज्याकेट, क्याप स्लिभ, फूलकारी वा चाइनिज नेकयुक्त ब्लाउज उपयुक्त हुन्छन्। लेहेंगामा फरक–फरक कट तथा ब्लाउजमा प्रशस्तै डिजाइन गर्न सकिने भएकाले धेरैले रिसेप्सन पार्टीमा लेहेंगा नै रुचाउँछन्।

विवाहको दिनको पहिरन

विवाहको मुख्य दिन नै दुलही अन्माउने दिन हो। यो दिन मुख्य आकर्षण दुलही नै हुन्छिन्। त्यसैले राम्री देखिन मेकअप, ज्वेलरीदेखि पहिरन शैलीसम्ममा कसैले कुनै कसर छोड्न चाहँदैनन्। विवाहको समयमा पहिरन, मेकअप तथा ज्वेलरी सबैको कम्बिनेसन मिलाउन जान्नुपर्छ। विवाहको दिन साडी नै लगाउनुपर्छ भन्ने धेरैको मान्यता छ। पहिलो पटक नयाँ घरमा जान लागेको हुँदा सुन्दरताका साथमा सौम्य र भलाद्मी पनि देखिनुपर्छ। यो दिन रातो पहिरन लगाउने चलन छ।

अहिले विवाहको दिन दुलहीले लगाउने साडीमा बोर्डर ह्यान्डवर्क गराउने चलन छ। दुलहीको उचाइअनुसार बोर्डर ठूलो वा सानो राख्न सकिन्छ। यो दिन चौबन्दी चोली फोकस हुने डिजाइनको ब्लाउज ट्रेन्डी देखिन्छ। यस्तो डिजाइनको चोली न्यानो पनि हुन्छ। बोर्डरको कन्ट्रास ब्लाउज तथा डायबल क्रेप कन्ट्रास गरी डाई गरेर तयार पारिएको ब्लाउज पनि धेरै राम्रो देखिन्छ।

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In