Nepal Online Khabar
                                                         
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
TRENDING
बझाङ्ग भूकम्प कथा
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय
No Result
View All Result

Logo

No Result
View All Result

विधाको जञ्जालभित्र पत्रकारिताको संसार


विधागत पत्रकारिताबारे दुईवटा आलेख प्रकाशन भएपछि प्राप्त केही टिप्प्णीले मलाई यस विषयमा लेख्न थप प्रोत्साहित गरेका छन्। प्रशंसा वा आलोचना होइन, यसबारेमा थप जानकारी चाहियो भन्ने कतिपय पत्रकार मित्रहरुको व्यक्तिगत आग्रहले मलाई यसै विषयमा थप लेख्न प्रेरित गरेको हो।

विधागत पत्रकारिता शब्द अङ्ग्रेजीको ‘बिट रिपोर्टिङ’बाट अनुवादित छ। शब्दकोषहरूले साहित्यमा प्रयोग हुने विधाको अर्थ काव्य वा साहित्यमा प्रचलित नाट्य, कविता, कथाजस्ता ‘खासखास विषय, प्रकार वा किसिम’ भनेर परिभाषित गरेका छन्। त्यसैले बिट रिपोर्टिङलाई नेपालीमा विधागत रिपोर्टिङ र यसलाई समेट्ने पत्रकारितालाई विधागत पत्रकारिता भन्नु उचित देखिन्छ।

हालै बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालयले प्रकाशन गरेको ‘विधागत पत्रकारिता हातेकिताब’को सम्पादन तथा परिचयात्मक खण्ड लेख्ने क्रममा सो पुस्तकका विभिन्न लेखक तथा अन्य नेपाली तथा विदेशी अग्रजहरूले यसबारेमा गरेका टिप्पणी रोचक पाइएको थियो।

अनुसन्धाता तथा पत्रकार कुमार यात्रुका विचारमा फरक–फरक धारका सूचना सङ्कलन र सम्प्रेषण गर्नका लागि सञ्चारमाध्यमका सदस्यले विशेष मुद्दा वा विधाको जिम्मेवारी लिएर पत्रकारिता गर्ने भएकाले विधागत पत्रकारितालाई ‘कार्यक्षेत्र पत्रकारिता’ भन्न सकिन्छ। यसरी कुनै विषयमा समर्पित भएर गरिने पत्रकारितालाई ‘विषयगत पत्रकारिता’को सङ्ज्ञा दिन सकिने वरिष्ठ पत्रकार तथा लेखक श्रीरामसिंह बस्नेतको बुझाइ रहेको पाइयो।

‘स्टोरी’ तयार गर्न रिपोर्टरलाई सीमित समय दिइने भएकाले नै बिट रिपोर्टिङ हुने गरेको मिडिया समाजशास्त्रीहरूको भनाइ छ। बिट रिपोर्टिङ पत्रकारिताको सीमा भने होइन। तर, आम रिपोर्टरहरूले जुनसुकै कुरामा पनि रिपोर्टिङ गर्नुपर्छ र सबै कुराको केही न केही जानकारी राख्नैपर्छ तर विधागत पत्रकारहरू खास विषय वा विषय क्षेत्रबारे गहिरो जानकार हुनुपर्छ।

एनबिसी न्यूजका वरिष्ठ सम्पादकीय निर्देशक जोय वाङका विचारमा पत्रकारितामा बिट भनेको विशेषज्ञताको त्यस्तो क्षेत्र हो जहाँ पत्रकारले समाचार–कथाद्वारा विशेषज्ञता प्रमाणित गरेको हुन्छ। यस मामिलामा मैले प्राप्त गरेको पृष्ठपोषण हो– विधागत पत्रकारिताभित्र खासमा कुन–कुन विधा पर्छन् त रु अनि ठ्याक्कै कतिवटा विधा हुन्छन् रु सुन्दा सामान्य लाग्ने यो वास्तवमा जटिल प्रश्न हो। यस लेखमा यसै प्रश्नको सेरोफेरोमा रहेर चर्चा गरिन्छ।

विधागत पत्रकारिताभित्र पनि विविधता छ। कोही ज्यादै फराकिलो क्षेत्र समेट्ने विधा छन् भने कुनै खास विषयमा केन्द्रित छन्। त्यसैले विधागत पत्रकारितालाई अनेक आधारमा विभिन्न किसिममा विभाजन गर्न सकिन्छ।

कतिपय विद्वानले प्रविधिका आधारमा बाँडेका छन्– छापा, रेडियो, टेलिभिजन र डिजिटल पत्रकारिता। माध्यमभित्रै अन्तरवार्ताकार, फोटो पत्रकार, कार्टुनिष्ट, ग्राफिक डिजाइनर, टिभी क्यामरापर्सन, पाण्डुलिपि सम्पादकआदि रुपमा विशिष्टीकरण गरेर छुट्याउनेहरू पनि छन्। रक्षा, अपराध, अदालत, राजनीति, खेलकुद, मनोरञ्जनजस्ता परम्परागत विधाका कुरा गर्नेहरू त छँदैछन्।

अहिलेको समयमा कृत्रिम बौद्धिकता, पोडकाष्ट, मोजो (मोबाइल जर्नालिजम), डोजो (ड्रोन जर्नालिजम), डेटा जर्नालिजमजस्ता अत्याधुनिक रूपसमेत पत्रकारिता र विश्वविद्यालयका पाठ्यपुस्तकमा समेटिँदै पत्रकारिताका पुराना सीप, शैली र प्रविधिमाथि कडा दबाब पैदा गर्दैछन्। डिजिटल युगमा विधागत पत्रकारिता र सम्पादनका सम्बन्धमा सेज प्रकाशनले सन् २०२१ मा निकालेको एक पुस्तकमा सुरभी दहिया र शम्भु साहुले पनि यसबारे सविस्तार उल्लेख गर्नुभएको छ।

प्रविधि र सीपको विकासका आधारमा भन्दा अलि फरक विश्लेषणसहित न्यूयोर्कमा मुख्यालय रहेको एनबिसी न्यूजका वरिष्ठ सम्पादकीय निर्देशक जोय वाङ पत्रकारितामा मुख्य तीन आधारमा बिट छुट्याउन सकिने ठान्नुहुन्छ। ती हुन्– भौगोलिक क्षेत्र विभाजन (टेरिटोरियल बिटस्), सरकारी निकायहरूको जस्तो क्षेत्राधिकार विभाजन (जुरिस्डिक्सनल बिटस्) र सामयिक विषयवस्तुका आधारमा विभाजन (टपिकल बिटस्)। यसलाई क्रमशः स्थानका आधारमा (लोकेसन बिटस्), निकाय वा संस्थाका आधारमा (एन्टिटी बिटस्) र विषयक्षेत्रका आधारमा बिट (सब्जेक्ट बिटस्) पनि भन्ने गरिएको छ।

पहिला, टेरिटोरियल बिटको कुरा गरौँ। वाङले ‘मध्यपूर्व’ भनेर उदाहरण दिए जसरी नेपालको सन्दर्भमा हेर्दा यो विभिन्न ब्यूरो, जिल्ला, नगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, बसपार्क आदि छुट्याएर रिपोर्टिङ गरिने तरिकालाई लिन सकिन्छ। ठूला समाचार संस्थाले वाशिङ्गटन, लण्डन, मस्को, बेइजिङ, नयाँ दिल्लीजस्ता ठूला सहरमा आफ्ना विशेषज्ञतासहितका रिपोर्टर राखेका छन्। केही नेपाली मिडियाले पनि काठमाडौँ महानगर, भारत प्रवास, युरोप, अमेरिका, जापान, कोरिया, अष्ट्रेलिया, गैरआवासीय नेपाली, खाडी (अरब), मलेसियाआदि बिट छुट्याएको पाइन्छ।

दोश्रो हो– जुरिस्डिक्सनल बिट विभाजन। अदालत, प्रहरी, सेना, संसद्, दल विशेष, परराष्ट्र, वैदेशिक रोजगारी, स्थानीय सरकार, बैंक, उद्योगआदि जसरी छुट्याइएको हुन्छ। विदेशी मिडियाले पनि कर्पोरेट मात्र नभनेर त्यसभित्र कम्पनी नै तोकेर वा न्याय विभाग, स्थानीय सरकारआदि भनेर पनि बिट छुट्याएको एनबिसी न्यूजका वाङको अनुभव छ।

तेश्रो– टपिकल बिट। राजनीति, युद्ध, द्वन्द्व, मानवअधिकार, विपद् मामिला, आघात, महिला, बालबालिका, ज्येष्ठ नागरिक, सामाजिक सुरक्षा, आन्तरिक सुरक्षा, यातायात, स्वास्थ्य, शिक्षा, पर्यटन, वातावरण, वन, जलवायु परिवर्तन, आर्थिक मामिला, सेयरबजार, बैंकिङ, सहकारी, ऊर्जा, संस्कृति, साहित्य, खेलकुद, मनोरञ्जन, सूचना प्रविधि, कृषि आदि हुन्।

विधा नै नभने पनि पत्रकारिताका गुरू लालदेउसा राईले २१ वर्षअघि नै ‘अखबारी पत्रकारिता’ पुस्तिकामा समाचारको किसिम छुट्याएर विधागत पत्रकारिताको बाटो देखाइसक्नुभएको छ। उहाँका अनुसार समाचारको विषयवस्तुका आधारमा, समाचार पाइने ठाउँ वा स्रोतका आधारमा र समयको दृष्टिकोणबाट पनि समाचार के हो बुझ्न सकिन्छ।

विधामात्रै भनेर पनि पुग्दैन। पत्रकारितामा प्रहरी, अदालत, स्वास्थ्यआदिजस्ता विधा त मिडियाअनुसार प्रायः आधारभूत विधा नै बनेका देखिन्छन्। त्यसबाहेक खेलकुद, मनोरञ्जन, आर्थिकआदि विधालाई हेर्ने हो भने त्यहाँभित्र पनि अनेक शाखा छन्। जस्तैः मनोरञ्जनभित्र चलचित्र, रङ्गमञ्च, टिभी, सङ्गीत, नृत्यआदि। खेलकुदभित्र प्रमुख खेलैपिच्छेका विशेषज्ञता। आर्थिक पत्रकारिताभित्र बैंक तथा वित्तीय संस्था (बिएफआई), सेयरबजार, बीमा, कलकारखाना, सेवा उद्योग, व्यापार तथा वाणिज्य, सहकारी, घरजग्गा, सूचना–प्रविधि उद्योगलगायतका अनेक उप–विधाको अभ्यास भइरहेको छ।

विधाको विकास मिडियाको प्राथमिकताको आधारमा पनि हुने गरेको देखिन्छ। सम्पादक कपिल काफ्लेका शब्दमा विश्वमा पत्रकारिता युद्ध र व्यापारको समाचारका साथ उदाएको हो र त्यही कारणले गर्दा मानवअधिकार यसको पहिलो रोजाइको विषय नबनेको हो। काफ्लेको ठहर छ, “समाजले जुन विषयलाई महत्व दिन्छ, त्यसलाई नै समाचार बनाउने पत्रकारिताको धर्मअनुसार सञ्चारमाध्यममा यसले महत्व पाउन थालेको बुझ्न गाह्रो छैन।”

मान्छेका असीमित उत्सुकतासँगै पत्रकारिताका विधा पनि बढेका छन्। केही विधा अलि बढी लोकप्रिय छन् भने केही अलि कम। लोकप्रियताको मापन रुचि–समूहभित्र हुनुपर्छ। सञ्चार प्रतिष्ठान तथा तिनका सम्पादकीय नेतृत्वले पनि सोहीअनुरुप पत्रकारहरूलाई परिचालन गर्ने प्रचलन अन्यत्र जस्तै नेपाली पत्रकारितामा पनि बढ्दो छ। केही विधाको त लामै इतिहास बनिसकेको छ।

विधागत पत्रकारिता आफैँमा पत्रकारिताको कुनै प्रकार भने होइन। पत्रकारिताको प्रकार भन्नुको अर्थ त अध्यापन र अनुसन्धान विधि नै अलग प्रयोग गर्ने साधारणतया एकार्कामा स्वतन्त्र पत्रकारिताका क्षेत्र हुन्, जस्तैः खोजी पत्रकारिता, फिचर लेखन, स्तम्भ लेखनआदि। भारत, गुजरातको अहमदावादस्थित नेशनल इन्स्टिच्युट अफ मास कम्युनिकेशन एण्ड जर्नालिजम ९एनआइएमसीजे०का अनुसार विधागत पत्रकारिता विभिन्न प्रकारका पत्रकारिताको उपक्षेत्र हो र पत्रकारितामा विधा भन्नुको अर्थ नै कुनै पनि प्रकारको पत्रकारिताको गहिराइमा जानु हो।

‘अक्सफोर्ड रिसर्च इन्साइक्लोपेडिया अफ कम्युनिकेशन’को ‘बिट जर्नालिजम एण्ड रिपोर्टिङ’मा मेलानी म्यागिन र पिटर मौररले उल्लेख गरेअनुसार विधागत पत्रकारितामा गरिएको अनुसन्धान अहिलेसम्म दुई पक्षमा केन्द्रित देखिन्छ। पहिलो, स्थिर एवं उच्च आय भएका लोकतन्त्र र दोश्रो, पत्रकारिताको सबैभन्दा आधारभूत र प्रमुख विधाको रुपमा राजनीतिक पत्रकारिता।

कथात्मक वा वर्णनात्मक पत्रकारिता पनि भनिने रचनात्मक तथा कथात्मक शैलीलाई सन् १९९० को दशकमा आएर ‘साहित्यिक पत्रकारिता’ वा ‘सृजनात्मक गैरआख्यान’को रुपमा ‘रि–ब्राण्डिङ’ गरिएको थियो। नेपालमा भने त्योभन्दा करिब एक शताब्दी अगाडि नै मोतीराम भट्टको अगुवाइमा सुधासागरबाट त्यस्तो ब्राण्ड देखापरिसकेको थियो। भट्टले नै रामकृष्ण बर्मासँग मिलेर वनारसबाट निकालेको गोर्खा भारत जीवनलाई हेर्ने हो भने त त्योभन्दा १२ वर्षअगाडि पुगिन्छ।

पत्रकारिताको आकर्षक, कठिन र सजीव पक्ष फोटो पत्रकारिताको थालनी सन् १८९० मा बेलायतमा टेलिग्राफ पत्रिकाले गरेकोमा नेपालमा त्यसको करिब ३७ वर्षपछि गोरखापत्रले सबैभन्दा पहिला तस्वीर छाप्ने इतिहास बनाएको पाइन्छ। पत्रपत्रिकामा निकै लोकप्रिय र चर्चित व्यङ्ग्य चित्र (कार्टुन) विधा सन् १८४१ मा बेलायतबाट सुरु भएको ५५ वर्षपछि नेपाली पत्रकारितामा आइपुगेको हो।

नेपालकै संसदीय पत्रकारिताको अभ्यासको कुरा गर्दा २०१५ सालमा संसद्को निर्वाचन हुनुअघिको सल्लाहकारसभा र निर्वाचनपछि बनेको संसद्को समाचार सङ्कलन गरेको अनुभव नेपाली पत्रकारहरूले गरेकै हुन्। त्यतिबेला समाचारमा त्रुटि हुँदा संवाददाता नै प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाका अगाडि गृहमन्त्री सूर्यप्रसाद उपाध्यायसमक्ष स्पष्टीकरण दिन एकाबिहानै हाजिर हुनुपर्ने अनुभव भैरव रिसालजस्ता पाका पत्रकारहरूबाट अझै सुन्न पाइन्छ।

पत्रकारिताका प्राध्यापक पी खरेलका विचार पढ्दा सांसदहरूले जनचासोका र आम जनताको सामूहिक हितका लागि कस्ता सुझाव एवं प्रस्ताव ल्याए र चुनावी क्षेत्रका साथै राष्ट्रिय मुद्दाबारे कसरी प्रस्तुत भए भन्ने जस्ता विषय नियालेर समाचार र विश्लेषण दह्रो किसिमबाट व्यावसायिक मान्यताअनुरुप पेस गर्नु नै संसदीय पत्रकारको धर्म हो भन्ने बुझिन्छ।

विधागत नेपाली पत्रकारिताको अभ्यासका अनेक पक्ष छन्। निकै अगाडिदेखि आर्थिक पत्रकारिता हुँदै आए पनि २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि व्यावसायिक रूपमा यो विधा अगाडि बढेको हो। स्वास्थ्य पत्रकारिताको कुरा गर्दा जिन्दगी नै यस विधामा बिताएका पत्रकारले पनि नयाँ स्वास्थ्य चुनौती देखिने बित्तिकै यस प्राविधिक क्षेत्रको रिपोर्टिङ गर्दा गल्ती गर्ने सम्भावना हुन्छ, कोभिड महामारीको बेला यो स्पष्ट देखियो।

शिक्षा क्षेत्र र नागरिकबीच संवाद गराउनुका साथै शिक्षकको क्षमता अभिवृद्धिमा सघाउन, शिक्षण पेसाको प्रतिष्ठा तथा विद्यार्थीको ज्ञान अभिवृद्धिमा सन्देश फैलाउन, सरोकारवालाबीच सार्थक सम्बन्धका उपाय पस्कन र नीति निर्माता, कार्यान्वयनकर्ता र उपभोक्ताबीचसेतु बन्नसक्ने शिक्षा पत्रकारिताको फराकिलो आयाम छँदैछ। विज्ञान पत्रकारहरूको ठूला काम वैज्ञानिकहरूलाई नागरिकसँग जोडिदिनु हो।
यसरी विधाहरूको व्यापक आयाम र सम्भावना देखेपछि फेरि पनि एक पत्रकारको मनमा द्विविधा उत्पन्न हुनसक्छ– के आधारमा कुन विधा छान्ने रु आधार यत्ति हो– आफ्नो रुचि र विषयवस्तुमाथिको दखल।

एक सम्पादकको दृष्टिले जहिले पनि सकेसम्म विषयवस्तुमाथि अर्जुनदृष्टि राख्न सकिने गरी विधा छान्नु उपयुक्त हुने सल्लाह दिइन्छ। एनबिसी न्यूजका सम्पादकीय निर्देशक वाङ पनि त्यसै गर्नुहुन्छ। जस्तै– “यदि तपाईं ‘बिजनेस रिपोर्टर’ हो भने त्यहाँभित्र पनि पुँजीबजार वा उद्योग विशेष वा आफ्नो रुचिको कुनै क्षेत्रमा ध्यान केन्द्रित गर्नुहोस्। तपाईंको क्षेत्रअनुसारका कम्पनीमाथि नजर राख्नुहोस्। कुन समाचार ‘अपडेट’का लागि कोसँग सम्पर्क गर्नुपर्छ, ध्यान दिनुहोस्।”

त्यति मात्रले पनि पुग्दैन, वरिष्ठ पत्रकार तथा प्राध्यापक रामकृष्ण रेग्मीका विचारमा त तपाईंको ‘समाचार संस्थाको वित्तीय क्षमता, आकार र जनशक्तिको स्थिति’ पनि बिटको निर्धारण हुनसक्छ। कुन संवाददातालाई कहाँ खटाउने भन्ने कुरा समाचार संस्थाले पनि विचार गर्नुपर्छ। प्राध्यापक रेग्मीका विचारमा एउटै समाचारदातालाई धेरै बिट दिँदा विशेषज्ञता हासिल गर्न सकिँदैन भने रुचि नभएको बिट थोपर्दा उत्पादनशील नहुनसक्छ। यस्ता पक्षलाई विचार गरी समाचार संस्थाको आवश्यकता र क्षमताअनुसार समाचारदाताको रुचि र योग्यतालाई ध्यानमा राखेर कार्यक्षेत्र चयन गर्नुपर्छ।

अन्ततः पत्रकारले के आधारमा कुन विधा रोज्ने त रु भारतीय लेखक तथा पत्रकार ९सन् १९१५–२०१४० खुशवन्त सिंहले रङ्गस्वामी पार्थसारथीको आधारभूत पत्रकारितासम्बन्धी एक किताबको भूमिकामा ४० वर्षअघि नै यसको सरल उपाय सुझाउनुभएको छ। झट्ट हेर्दा भावनात्मकजस्तो लाग्ने उहाँको स्पष्ट सिफारिस छ, “यदि तपाईं पत्रकारिताको दुनियाँमा अगाडि बढ्न चाहनुहन्छ भने आफ्नो हृदयको सबैभन्दा नजिकको विषयमा विशेषज्ञता हासिल गर्नुहोस् र त्यसैमा विशेषज्ञ बन्नुहोस्।”

लेखक – विनोद ढुङ्गेल

तपाईको प्रतिक्रिया !

GTV Khabar

GTV Khabar

संबन्धित समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Natraj Technology advertisement

ताजा समाचार

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

अन्तर्राष्ट्रिय हवाईयात्रु आगमन हालसम्मकै बढी

राप्ती पुलबाट बस खस्यो, ४ जनाको मृत्यु

दाङ बस दुर्घटना चालकको लापरवाहीका कारण : प्रहरी

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

खाना खाएर निदाएका यात्रुले ब्युझिँदा जब आफूलाई अस्पतालको बेडमा पाए…

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

६० अर्ब बराबरको आइपीओ बिक्री गर्ने तयारीमा प्राधिकरण, आयोजना निर्माण र विद्युत् आपूर्तिमा खर्च हुने

जीप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

चित्लाङ जाँदै गरेको गाडी दुर्घटना अपडेट : मृतकको संख्या ५ पुग्यो

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

‘जङ्गलमा ३३ वर्ष’ को परिचर्चा

Load More

हाम्रो बारेमा

नेपाल अनलाईन खबर ईन्फ्राटेक नेपाल मल्टीप्रपोज कम्पनीद्वार सँचालन भएको अनलाईन सेवा हो

हाम्रो टीम

  • Chairman & Managing Director : Suresh Kahar
  • Executive Director: Suresh kahar
  • Editor-in-Chief: Suresh Kahar
  • Investigative Content Cordinator : Amar Pun
  • Marketing Officer : Shivram Chaudhary

सामाजिक सञ्जाल

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरञ्जन
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • स्वास्थ्य
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • धर्म-संस्कृति
    • फोटो कथा
    • मल्टिमिडिया
  • अन्तर्राष्ट्रिय

© 2025 All copyrights reserved to Nepal Online Khabar | Developed By Zwicky Technology

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In