काेराेनाबाट नारायणी अस्पतालमा थप दुई जनाको मृ’त्यु

April 28, 2021 61

वीरगंज । वीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ ।

अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासका अनुसार सर्लाहीको धनगढा गाउँपालिका वडा नम्बर ४ का ४३ वर्षीय पुरुष र बाराको सर्वणनगरपालिका वाडा नम्बर ७ की ३० वर्षीया महिलाको मृ’त्यु भएको हो ।

स्वासप्रश्वासमा समस्या आएपछि वैशाख १४ गते अस्पताल भर्ना भएका ती पुरुषको सोहि दिन गरिएको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ रिर्पोट आएको थियो । उनी मुटु सम्बन्धी रोगले ग्रसित थिए ।

मृ’त्यु हुने महिला भने वैशाख १३ गते अस्पताल भर्ना भएकी थिइन् । निमोनीयाले ग्रसीत ती महिलालाई अथाह प्रयास गर्दा समेत बचाउन नसकिएको डा. दासले जानकारी दिनुभयो वीरगंजमा पछिल्लो २ दिनभित्र ७ जनाको मृ’त्यु भएको छ ।