निषेधाज्ञा लम्बिने भएपछि नयाँ बसपार्कमा घर जाने यात्रुकाे भीड (फोटोफिचर)

April 27, 2021 333

काठमाडाैं । सरकारले कम्तीमा वैशाख मसान्तसम्म काठमाडाैँ उपत्यकामा निषेधाज्ञा जारी

गरेपछि गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । वैशाख १६ गतेदेखि काठमाडौँ

उपत्यकामा १५ दिनका लागि निषेधाज्ञा लगाउने साेमबारकाे मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाे थियाे । यससँगै घर जाने यात्रुको चाप बढेकाे हाे ।

अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमबारको उक्त निर्णयसँगै

भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबार

दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै आज बिहानैदेखि नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको हो । नयाँ बसपार्कमा

टिकट काट्ने र बस कुर्नेहरूकाे भीडभाड बढेकाे छ ।नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लले

बिहानदेखि नै नयाँ बसपार्कमा भीडभाड बढेको बताउनुभयो । नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् ।