पत्रकार न्यौपानेको ‘दास प्रथाको नयाँ रुप’ बजारमा

April 25, 2021 88

साङ्ग्रिला बुक्सले बजारमा ल्याएको पुस्तक मान्छेले मान्छेमाथि गरिने अमानवीय व्यवहारमा केन्द्रित छ । बालश्रमिकमाथि गरिने व्यवहारमाथि अध्ययन गरेर पुस्तक लेखिएको लेखक

न्यौपानेले जानकारी दिए ।‘मेचीदेखि महाकालीसम्मका बालश्रमिक र तिनले खेप्नुपरेको समस्यामा केन्द्रित भएर पुस्तक लेखेको हुँ’, लेखक न्यौपानेले भने, ‘झण्डै आठ वर्षको अनुसन्धान हो यो ।’

पुस्तकमा विभिन्न १६ वटा क्षेत्रमा काम गर्ने श्रमिकको कथा समेटिएका छन् । घरेलु मजदुर, होटल मजदुर, कलकारखाना, सडक, यातायात, भारी बोक्ने, खानी, इटा भट्टा, मनोरञ्जन क्षेत्र, गलैँचा बुन्ने,

जरी बुन्नेलगायत विभिन्न क्षेत्रका प्रतिनिधि घटना पुस्तकमा समेटिएका छन् ।लेखक न्यौपानेका अनुसार यो पुस्तकमा बाहिर सभ्य देखिने तर भित्र सडेका मान्छेको व्यवहारले सिर्जना गरेका दुष्परिणामका कहानी समेटिएका छन् ।

‘सभ्य देखिने तर असभ्य व्यहार गर्ने मान्छेको हितका लागि काम गर्न बाध्य कलिला आधुनिक दासहरुको कहानी हो दास प्रथाको नयाँ रुप’, न्यौपानेले भने, ‘सहरमा ठडिएका ठूला महल, मनोरन्जन केन्द्र, होटल रेष्टुरा, सडक, जरी उद्योग, गलैचा कारखाना, यातायात,

इँटा भट्टालगाएत क्षेत्रमा आफ्ना सपना खोजिरहेका भोलीका कर्णधार साना हातले गरेका अनेक सङ्घर्ष र सपनाको कथा हो दास प्रथाको नयाँ रुप ।’न्यौपानेका एम्बुसमा छ वर्ष, कर्म: सिकाइमा गहिरिएको खाडल, ट्यालेन्ट शो, हाडको डोको, स्कुल बेच्ने बालक, स्वर्णिम समय, सम्पदा लडाइँलगायत पुस्तक प्रकाशित छन् ।