एमसीसी बैठक पो बहिस्कार भएछ : भट्टराई

April 18, 2021 306

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना

गरेको सर्वदलीय बैठक प्रति व्यङ्ग्य गरेका छन् । शनिबार आयोजना भएको बैठकमा अनुपस्थित भएका भट्टराईले ‘एमसीसी बैठक बहिस्कार’ गरेको भन्दै व्यङ्ग्य गरेका हुन् ।

उनले सर्वदलीय बैठकबारे कुनै औपचारिक निम्तो नपाएको र मिडियाबाट मात्र जानकारी पाएको पनि स्पष्टिकरण दिएका छन् । उनले लेखेका छन्, ‘चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन रे !

मिडियाबाट सुनिएको कथित सर्वदलीय बैठकमा प्रम निवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन ।

जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा सोध्दा कुनै जानकारी थिएन । पछि मिडियाबाटै सुनिया – एमसीसी बैठक बहिष्कार पो भएछ !