पूर्व राजा ज्ञानेन्द्र भन्नुहुन्छ : मलाई सुनको लंका होइन मेरो आफ्नै जन्मभूमी प्यारो लाग्छ ।

April 13, 2021 296

राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट हरिद्धा’रमा आयोजित भब्य सम्मान समारोहमा नेपाली भाषामा आफ्नो भनाइ राखी बक्सबक्सँदै भगवान रामले आज्ञा गर्नु भए झैै मलाई सुनको

लंका होइन मेरो आफ्नै जन्मभूमी प्यारो लाग्छ भनी दिनु भएको सदउपदेशलाई सबैले अनुसरण गर्नु आवश्यक रहेकोमा जोड दिइबक्सँदै अहिले बा’ध्य अति’क्रमणमा हाम्रो धर्म संस्कृति परम्परा सस्कृति माथि अति’क्रमण भइ ह्ँदै गएको हुँदा

यसलाई बचाउनु आवश्यक रहेको बताईबक्सेको छ ।
राजाबाट हिन्दु धर्मको सभ्यता र संस्कृतिका अनेक आदर्शहरु विश्वकै मानवीय आदर्शहरुलाई डो¥याउने खालको भएकाले हामी सबै यसप्रति संवदे’नशील हुनुपर्ने बताएका छन्।

राजाले भनीबक्से हाम्रो हिन्दु सभ्यता, हाम्रो हिन्दु’त्व र हाम्रो सनातनिक आर्य संस्कृ’ति, अनि हाम्रा वेद उपनिषद्, पुराण आदि अनेकौँ ग्र’न्थ शा’स्त्र सबै सबै नै महत्वपूर्ण छन ।

तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्धति, आचरण र अनुशीलन आफैँमा गहन छन, । नेपाल र भारतका कैयन देवस्थलहरु, धामहरु एवम् अनेकौँ स्थानहरु यस्ता छन् जसले सदैव– सर्वे भवन्तु सुखिनको विश्वव्यापी मान्यता राख्दछन्।

राजाबाट लक्ष्मीप्रसाद देवकोटाले लेखेको के नेपाल सानो छ ? भन्ने निबन्धमा आर्य सभ्यताको महत्व खिइँदै गरेको विषय जोड दिएको उल्लेख गरिबक्सँदै भनीबक्सेको छ हो, कतिपय बाह्य दबा’ब, प्र’भाव, प्रलो’भन र सांस्कृ’तिक अति’क्रमणका कारण यताका केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रा’स आएको कुरा साँचो हो।

आज हरिद्धारमा महाकुभ्म मेला आयोजक समितिको तर्फ राजाको सम्मानमा आयोजित भ’ब्य समारोहको आयोजना गरिएको थियो । कुभ्ममेलामा महामण्डेश्वर कैलाशानन्द गिरीले राजदम्पतीलाई स्वागत र आ’शिर्वाद दिएको अवसरमा भारतका

केन्द्रिय ग्रामि’णमन्त्री तथा हरि’द्धारका आइजिपी सहित भारतका प्रख्यात मठाधिस पिठाधिसहरू उपस्थितिमा महामण्डेश्वर कैलाशानन्द गिरी लगायत मठाधिस पिठाधिसहरुले राजदम्पतीलाई स्वागत र आशिर्वा’द दिएका थिए । भोली सोमबारको मौनी अमावश्यामा गिरिसँगै राजदम्पती पनि शाही स्नानमा सहभागी होइबक्सनेछ ।