भारतले दियो ज्ञानेन्द्रलाई राजा को सम्मान रथ मा घुमायर गरे स्वागत !

April 12, 2021 291

नयाँदिल्ली : भारतको हरि’द्वारमा जारी कुम्भ मेलाको शाही स्नानमा जान नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहका लागि विशेष रथको व्यवस्था गरिने भएको छ ।

श्रीपञ्चायती निरन्जनी अखडाका पीठाधीश आचार्य महामण्डलेश्वर स्वामी कैलशानन्द गिरीका प्रेस सल्लाहकार सगुन त्यागीका अनुसार मेला आयोजनास्थलबाट गं’गातटको शाही स्थानस्थलसम्म जान पूर्वराजा शाहलाई यस्तो व्यवस्था गरिएको हो ।

‘राजा ज्ञानेन्द्र विशिष्ट पाहुना हुनुहुन्छ, त्यही भएर उहाँका लागि र’थ पनि विशेष किसिमको तयार पारिँदै छ,’ प्रेस सल्लाहकार त्यागीले भने । शाहको रथ आचार्य महामण्डलेश्वर गिरी र आनन्द अखडाका पीठाधीश आचार्य महामण्डलेश्वर स्वामी बालकानन्द गिरीको रथको पछि रहने उनले जानकारी दिए ।

मेलामा अखडाका पीठाधीश र विशिष्ट व्यक्तिहरू शाही स्नानस्थलसम्म जान विशेष किसिमले सजाइएको रथ प्रयोग गर्ने परम्परा छ । त्यागीले पूर्वराजा दम्पती आइतबार साँझ आचार्य महामण्डलेश्वरले दिने विशेष रात्रिभोजमा सहभागी हुनेसमेत बताए ।

मेलामा सहभागी हुन पूर्वराजा शाह र पत्नी कोमल बिहीबार नै दिल्ली आइसकेका छन् । उनीहरू शनिबार हरिद्वार जाने कार्यक्रम रहेको शाहसँगै भ्रम,णमा रहेका उनका निजी सचिव सागरराज तिमिल्सिनाले कान्तिपुरलाई जानकारी दिए ।

पूर्वराजा शाह आचार्य महामण्डलेश्वर स्वामी कैलशानन्द गिरीको विशेष निम्तो’मा मेलामा सहभागी हुन लागेका हुन् । शाहको भारत भ्रम’णलाई राजनीतिक कोणबाट पनि हेरिएको छ । तर, तिमिल्सिनाले शाहको भ्रमण वि’शुद्ध धार्मिक भएको दाबी गरे । उनका अनुसार शाहको स्वदेश फर्कने कार्यतालिका निश्चित छैन । -कान्तिपुर बाट