भारतसँग सीमा जोडिएको छा’ङ्गरू गाउँ ६ महिना सुनसान, एक्लै चौ’कीदारी गर्छन् राइसिंह !

April 9, 2021 338

दार्चुला : व्यास गाउँपालिका– १ मा पर्ने छाङ्ग्रु (छाङ्गरू) गाउँ यतिखेर सुनसान छ । त्यहाँ ६० वर्षीय राइसिंह ऐतवाल गाउँभरिका एक्ला चौ’कीदारका रूपमा कार्यरत हुनुहुन्छ । तीन हजार २०० मिटर उचाइमा रहेको छा’ङ्ग्रु भारतसँग सीमा जोडिएको गाउँ हो ।

यहाँ वर्षमा झण्डै चारदेखि छ फुटसम्म हिमपात हुन्छ ।
अत्यधिक चिसो हुने गरेका कारण यहाँका नागरिक छ महिना सदरमुकाम ख’लङ्गा र छ महिना व्यास उक्लिने गर्छन् । अहिले चिसो समय भएका कारण यहाँका नागरिक गत मङ्सिर महिनामा आफ्ना पशुचौपाया र लालाबालासहित सदरमुकाम खल’ङ्गा झरेका छन् ।

तर ऐतवाल चिसोको समयमा पनि एक्लै गाउँको चौ’कीदारी गर्दै बस्नुभयो । व्यासको छा’ङ्ग्रुमा यसपटक चिसो माइनस १६ डि’ग्रीसम्म झ’र्यो तर चौ’कीदार ऐतवालले यो चिसोलाई सहजै छल्नुभयो । छा’ङ्ग्रुमा १२० घरधु’रीको बसोबास छ । गाउँका सबै सदरमुकाम झरेपछि उहाँलाई वडा नं १ को कार्यालयले चौकी’दार राखेको हो ।

छा’ङ्गरू गाउँमा चौ’कीदार राइसिंह !
गाउँको निगरानी गर्ने, चोरी भए खबर गर्ने उहाँको जिम्मेवारी हो । ऐतलाल भन्नुहुन्छ, “चो’र, तस्क’रसँग ल’ड्न त कहाँ सकिन्छ तर निग’रानी गर्छु । विगतमा भारतसँग खुला सीमा तथा तस्क’री चल्ने समय हुँदा चौ’कीदार बस्नुप¥थ्र्यो ।

त्यो बेला गाउँमा आएर आगलागी गरिदिने, धन सम्पत्ति चो’रीदिने खतरा हुन्थ्यो”, उहाँले भन्नुभयो, “तर अहिले त्यो अवस्था छैन । दुई वर्षदेखि चौ’कीदार बस्दै आउनुभएका ऐतवाललाई यसपटक स’शस्त्र प्र’हरी बल नेपाल नं ५० गुल्म र नेपाल प्रहरीसमेत छा’ङ्ग्रुमै बसेपछि सहज भयो ।

विगतमा गाउँभरि एक्लै हुन्थेँ तर यस वर्ष पहिलोपटक सरकारले दुईवटा सुरक्षा निकायलाई बा’ह्रैमास छा’ङ्ग्रुमै राखेपछि चौ’कीदारीमा सजिलो भयो”, उहाँले भन्नुभयो, “यस वर्ष विगतको भन्दा हिउँ पनि कम पर्यो । गाउँको वरिपरि दैनिक दुई-चारपटक फन्को लगाउँछु”, ऐतवालले दिनच’र्या सुनाउनुभयो । उहाँका अनुसार पूरै गाउँ घुम्न १० मिनेट लाग्छ । बिहान, दिउँसो र रातिको समयमा सबैको घरघर पुगेर अवस्था हेर्नुपर्छ ।

दिउँसो घाम लाग्छ । यसपटक उहाँले आफ्ना पशु’चौपाया पनि सँगै राख्नुभएको छ । पशुचौ’पायालाई जङ्गल पठाउनेदेखि खेतबारीमा काम गरेर उहाँको समय बित्ने गर्छ । एक्लै बस्न डर लाग्दैन भन्ने प्रश्नमा ऐतवाल भन्नुहुन्छ, “यस्तो कैलाश भूमिमा के को डर ?” ऐतवाललाई वडा कार्यालयले मासिक रु १० हजार दिने गरी चौ’कीदार राखेको हो ।

गाउँको सुरक्षा पनि हुने, रोजगारी पनि सिर्जना हुने भएपछि पाँच-छ महिनाका लागि चौकीदार राखिएको वडाध्यक्ष अशोकसिंह बोहरा बताउनुहुन्छ । हामीले पहिले पनि स्थानीय तह नहुँदा चौ’कीदार राख्थ्यौँ । व्यासका स्थानीयवासी वैशाख दो’स्रो सातादेखि व्यासको छा’ङ्ग्रु र ति’ङ्कर उक्लिने तयारीमा छन् ।

मानवशून्य बस्ती ति’ङ्कर

चीनको सीमा नजिकैको दा’र्चुलाको उत्तरी क्षेत्रको एउटा गाउँ यतिबेला मानवशून्य बस्ती छ । व्यास–१ ति’ङ्कर बस्ती अहिले मानववि’हीन बनेको हो । गत मङ्सिर महिनामा यहाँका ६५ घरधुरी चिसो छल्न सदरमुकाम ख’लङ्गा औल झरेपछि यो बस्ती मानवशू’न्य बनेको हो । आफ्नै भूमि जान घोरेटो बाटो छैन । भारतीय भूमि भएर जान पनि त्यति सहज छैन । को’भिडको जो’खिमका बेला यहाँका नागरिक भारतसँग समन्वय गरेर सीतापुल नाका भएर सदरमुकाम झरेका थिए ।

सुनसान तिङ्क’र गाउँ
अहिले तिङ्करमा कोही छैनन् । सदरमुकाम खलङ्गाबाट नेपालकै भूमि भएर तिङ्कर पुग्नै पाँच दिन लाग्छ । छा’ङ्ग्रुबाट ति’ङ्कर जान आधा दिन लाग्छ । ति’ङ्करमा छ महिना सुरक्षाक’र्मीको उपस्थिति हुने गर्दछ । तिङ्क’रस्थित सीमा प्रह’री चौकी अहिले व्यासको छा’ङ्ग्रु झरेको छ । ति’ङ्करबाट नेपाल–चीन सीमा क्षेत्र पुग्न पाँचदेखि छ घण्टा लाग्छ । पिलर नं १ बाट सोझै झ’र्यो भने चीनको स्वशासित क्षेत्र तिब्ब’त पुगिन्छ ।

ति’ङ्करमा बस्ने नेपाल प्र’हरी छ महिना छायालेकमा बस्ने गर्छ । अहिले मानवशून्य रहेको ति’ङ्कर गाउँसम्म कहिलेकाहीँ सशस्त्र प्र’हरीले ‘एलआरपी’ गस्ती गर्ने गरेको स’शस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म छाङ्ग्रुले जनाएको छ । “सधैँ यस ठाउँसम्म पनि पुग्न सकिने अवस्था थिएन”, प्र’हरी नायब उपरीक्षक धीरेन्द्र शाहले भन्नुभयो, “हिउँ भएका कारण कहिलेकाहीँ वस्तुस्थिति बुझ्न जाने गरेका ।

स्वास्थ्यचौ’कीमा ताला

व्यासको छाङ्ग्रुमा स्वास्थ्यचौकी छ तर त्यहाँ बाह्रैमास स्वास्थ्यकर्मी र औषधि हुँदैनन् । गत कात्तिकमा सौका समुदायको कुञ्चासँगै स्वास्थ्यक’र्मी खलङ्गा झरेका छन्
यसपटक सरकारले बाह्रैमास सशस्त्र प्र’हरीको गुल्म र नेपाल प्र’हरी छा’ङ्ग्रुमै राख्यो ।

यद्यपि सामान्य बिरामी हुँदा पनि औ’षधोपचार गराउन स्वास्थ्यचौ’की छैन”, प्र’हरी नायब उपरीक्षक शाह भन्नुहुन्छ, “यसपटक पाँच जना स्थानीयवासी पनि यही गाउँमा बसे । यस क्षेत्रमा पाँच-छ फिट हिउँ पर्छ । चिसो बेला आगो तापेर भए पनि ड्यु’टी गर्नुप¥र्यो । चिसोले झन् बिरा’मी हुने सम्भावना हुन्छ ।”

सशस्त्र प्र’हरीले सुरक्षाक’र्मीको जाँचका लागि गाउँमै चि’कित्सक ल्याएर शिविर आयोजना गर्यो । जवानका लागि आयोजना गरिएको शि’विरमा स्थानीयवासीलाई समेत स्वास्थ्य परीक्षण र औ’षधि वितरण गरिएको शाहले बताउनुभयो । गाउँमा स्वास्थ्य संस्था प्रमुख नहुँदा स’शस्त्र प्र’हरीकै अहेवले औ’षधि दिने

तथा बिरामी हेर्ने काम गर्छन् । सश’स्त्र प्रहरी जवान अहेव किसनसिंह साउदले गाउँले बिरामी हुँदा औ’षधोप’चार गर्ने गरेको प्र’हरी नायब उपरीक्षक शाह बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हामीले केही प्राथमिक उपचारका औ’षधि मात्रै बोकेका छौँ । त्यहीबाट स्थानीयवासीलाई समेत वितरण गर्नुपर्छ ।” – रासस