राष्ट्रिय प्रसारण लाइनमा जोडियो शिवश्री हाइड्रोले उत्पादन गरेको बिजुली !

April 8, 2021 221

काठमाडौ : शिवश्री हा’इड्रोपावर लिमिटेडले निर्माण गरेको २२ दशमलव १ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् मङ्गलबार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

कम्पनीले उत्पादन गरेको बिजुली मंगलबार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । एक सातापछि व्यापारिक उत्पादन शुरु गरिने आयोजनाका कार्यकारी निर्देशक उमेश कसजुले जानकारी दिएका छन्।

प्रतिमेगावाट २२ करोड लगानी भएको आयोजनाबाट हाल नदीको बहाव कम भएकाले दैनिक सरदर तीन दशमलव पाँचदेखि चार मेगावाट विद्युत् उत्पादन भएको छ । आयोजना सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ र ५ मा निर्माण भएको हो ।

नेपाली प्राविधिकद्वारा डिजाइन गरी सम्पूर्ण कार्य नेपाली प्राविधिकद्वारा नै गरिएको आयोजनाको हेड ८१५ मिटर रहेको छ । फु’ल्पींकट्टीको चन्द्रपुमा बाँध बाँधी मामिंङको याङले

फाँटमा विद्युत् गृह निर्माण भएको आयोजनाको सु’रुङमार्ग तीन हजार ३०० मिटर रहेको छ । अरनिको राजमार्गको १०० किलोमिटरमा पर्ने मा’र्मिङको चाकु बजारबाट ३० किलोमिटर पहुँच मार्ग निर्मण गरी आयोजनास्थलदेखि २२ किलोमिटर लामो

प्रसारण लाइन मार्फत लामोसाधुस्थित राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहे पनि विसं २०७२ को विनाशकारी भू’कम्प, नाकाब’न्दी र पटकपटक बाढी

पहि’रोका कारण लामो समय लागेको आयोजनाले जनाएको छ । उक्त कम्पनीद्वा’रा निर्माण भइरहेको ३६ मेगावाटका अप्पर बलेफी आयोजनाको काम पनि अ’न्तिम चरणमा पुगेको कार्यकारी निर्देशक कसजुले जानकारी दिए । -बिजपाटी