शरीरमा आइरनको कमी भइरहन्छ ?

April 7, 2021 187

काठमाडौं– आइरन ती महत्वपूर्ण पोषक तत्वहरु मध्येको एक हो, जसले गर्भवती अवस्थामा महिला तथा उनको शिशुलाई स्वास्थ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

गर्भावस्थाको क्रममा आइरनको आवश्यकता दुई गुणा बढी हुन्छ ।त्यस्तो के छ, जसले आइरनको त्यस्तो आवश्यकतालाई पूरा गर्न सक्छ, आज हामी आइरन बारेमा केही जानकारीहरु प्रस्तुत गर्दैछौं ।

आइरनको प्रयोग शरीरमा अक्सिजन सञ्चार गर्नका लागि हन्छ ।यो रातो रक्त कोशिकाहरुमा पाइने एउटा प्रोटीनको घटक हो, जसले हेमोग्लोबिनको सहयोगमा शरीरभरी अक्सिजन लैजाने काम गर्छ ।

यसबाहेक यो मायोग्लोबिनको सहयोगले मांसपेशिमा पनि अक्सिजनको संचार गर्ने काम गर्छ ।यसको साथै यो विभिन्न आवश्यक एन्जाइम्सको उत्पादनका लागि पनि आवश्यक हुन्छ, जसले रोग प्रतिरोधक क्षमता बलिायो गर्न सहयोग पुऱ्याउँछ ।

गर्भावस्थाको क्रममा आफ्नो र गर्भमा हुर्कँदै गरेको शिशुका लागि विशेष रुपले दोस्रो र तेस्रो महिमा अतिरिक्त आइरनको आवश्यक हुन्छ ।सही आइरनको आपूर्ति प्लेसेन्टाको सही विकास सुनिश्चिन गर्छ र प्लेसेन्टको माध्यमले गर्भनालद्वारा शिशुलाई सम्पूर्ण पोषक तत्व

र अक्सिजन पुऱ्याउँछ, जसले शिशुको शारीरिक र मानसिक विकास सही तरीकाले हुन्छ ।आइरनको कमी खतरनाकडाक्टरहरुका अनुसार जो महिला शाकाहारी हुन्छन्, उनीहरु केही हदसम्म आइरन कमी अर्थात एनोमियाको शिकार हुन्छ ।

त्यस्तो स्थिति त्यस बेला झन् धेरै गम्भीर हुन्छ, जब महिला गर्भवती हुन्छिन् । किनभने त्यस्तो अवस्थामा उनलाई दुई गुण बढि आइरनको आवश्यकता पर्छ । विशेषज्ञका अनुसार यदि गर्भवती महिलाले सही मात्रामा आइरन लिँदैनन

भने उनीहरुको समयभन्दा अगाडि नै बच्चा जन्मने, सामान्य तरिकाले बच्चा जन्मन नसक्ने, शिशुको विकासमा रुकावट हुने जस्ता समस्याहरुको सामना गर्न पर्ने हुन सक्छ ।आइरनको कमी हुँदा खुट्टा सुनिनुको साथै फोक्सोमा पानी भरिने, हर्ट फेल जस्ता गम्भीर समस्याको सामना गर्नु पर्न सक्छ ।

आइरनको कमी हुँदा शिशुको मानसिक र शारीरिक विकासमा प्रभावित हुनुको साथै समयभन्दा अगाडि नै जन्म हुने, जन्मँदा शिशुको वजन कम हुने र प्रसवकालीन मृत्यु जस्ता समस्याको सामना पनि गर्नु पर्न सक्छ ।

आइरनको कति मात्रा आवश्यकसामान्य अवस्थामा एक जना महिलालाई प्रतिदिन करिव १८ मिलीग्राम आइनरको आवश्यकता पर्छ । तर गर्भावस्थामा आइरनको आवश्यकता २७ मिलीग्रामसम्म बढ्छ ।

आइरनको कमी पुरा गर्नविशेषज्ञका अनुसार आइरनको कमीलाई पुरा गर्नका लागि हरियो सागपात, चना, गाजर, चुकन्दर, अनार, अन्न, भिडे खुर्सानी, कलेजो, माछा र रातो मासुको सेवन गर्नु पर्छ ।आइरनयुक्त चीज आहारमा आवश्यक रुपमा समावेश गर्नु पर्छ ।

डाक्टरका अनुसार यदि आइरनसंगै भिटामिन सीको सेवन गर्नु भयो भने यसले आइरनको इनटेकलाई बढाउन सकिन्छ । त्यसैले डाक्टरले आइरनसंगै भिटामिन सीयुक्त कुराहरु जस्तै सुन्तला, अंगूर, कागती, किवि, ब्रोकाउल, स्ट्रोबेरी आदि खाने सल्लाह दिन्छन् ।

यसको साथै यदि डाक्टरले आइरन सप्लिमेन्ट प्रेस्क्राइब गरेको छ भने त्यसलाई पनि समयमा नै सेवन गर्नु पर्छ ।यसको साथै फलामको भाडाको प्रयोग गरेर खाना बनाउनले पनि केहि मात्रामा भोजनमा

पनि आइरन आउछ ।कुन कुरा सेवन गर्नु हुँदैन ?आइरनको इनटेकलाई बढाउनका लागि जसरी आइरनसंगै भिटामिन सी लिनु आवश्यक छ, त्यसरी नै कफी, क्याल्सियम लिनु हुँदैन । यी कुराहरुले आइरन अवशोषणमा बाधा पुऱ्याउँछ ।