ओली सरकारमा रहेका चार मन्त्रीलाई सांसदबाट हटाउन माओवादी केन्द्रको पत्राचार

April 6, 2021 118

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओली

नेतृत्वकाेसरकारमा रहेका चार मन्त्रीलाई सांसद पदबाट हटाउन पत्राचार गरेको छ ।मंगलबार माओवादीले संसद

सचिवालयमा माओवादीका तर्फबाट ओली सरकारमा मन्त्री बनेका ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराजभट्ट,

श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकास मन्त्री प्रभु साहलाई सांसद पदबाट हटाउन पत्र

दर्ता गराएको छ ।राष्ट्रिय सभा संसदीय दलका नेता दीनानाथ शर्माले माओवादी केन्द्रले प्रतिनिधि सभामा

रहेकाहरूलाईसांसद पद नरहने गरी चिठी पठाएको जानकारी दिएका छन्।उनका अनुसार स्पष्टीकरण सोध्दा चित्तबुझ्दो

जवाफ नआएकोलेमाओवादी केन्द्रले पदबाटहटाउन पत्राचार गरेको । दल त्याग गरेपछि स्वतः पद जाने भएकाले त्यही जानकारी संसद

सचिवालयमापठाइएको उनले बताए ।यसैगरी राष्ट्रिय सभा सदस्यसमेत रहेका गृह मन्त्री रामबहादुर थापा ‘बादल’ कोसांसद पद

खारेज गर्नका लागि अर्को दिन पत्र पठाइने बताइएको छ।माओवादी केन्द्रबाट ओली समूहमागएर मन्त्रीबनेका खानेपानी

मन्त्री मणि थापा र खेलकुद मन्त्री दावा लामा सांसद छैनन्। सांसद नरहे पनि दुवै ६ महिनासम्म मन्त्री हुन पाइने कानूनमा उल्लेख छ ।