ताइवानमा चार दशक यताकै भयानक रेल दु’र्घटनाः ३६ जनाको मृ’त्यु

April 2, 2021 231

ताइवानमा ३५० यात्री बोकेको रेल सुरुङभित्र दु’र्घटनाग्रस्त भएको छ । ट्रकलाई ठ’क्कर दिएपछि भएको उक्त दु’र्घटनामा

३६ जनाको मृ’त्यु भएको र ७२ जना घा’इते भएको रोयटर्सले जानकारी दिएको छ ।  यसलाई पछिल्लो चार दशक यताकै भयानक दु’र्घटना बताइएको छ ।

ताइवानको केन्द्रीय आपतकालीन सञ्चालन केन्द्रले सुरुङभित्र असाध्यै क्षतीग्रस्त अवस्थामा रहेको रेलसम्म पुग्न उद्दारकर्तालाई निकै  कठिन भइरहेको जानकारी दिएको छ ।

स्थानीय यातायात मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले दु’र्घटनामा ७२ जना घा’इते भएको जानकारी दिएको छ ।‘दु’र्घटना आज बिहान ह्वालियनको सुरुङभित्र भएको हो,

’ ताइवानकी राष्ट्रपति साइ इंग–वेनले भनिन् ।‘बिरामी र घा’इतेका लागि आपतकालीन व्यवस्था लागू गरिएको छ । हालका लागि रेलभित्र च्यापिएकाको

उद्धार गर्नु हाम्रो पहिलो प्राथमिकता हुनेछ ।’रोयटर्सले दमकल विभागलाई उद्धृत गर्दै सयजनालाई निकालिसकिएको जानकारी दिएको छ ।

यसअघि सन् २०१८ मा उत्तरपूर्वी ताइवानमा रेल दु’र्घटना हुँदा १८ जनाको मृ’त्यु भएको थियो । यस्तै उत्तरी ताइवानमा सन् १९८१ मा भएको रेल दु’र्घटनामा ३० जनाको मृ’त्यु भएको थियो ।