काठमाडौं– भारतले पठाएको कोभिशिल्ड खोप लगाइसकेपछि यतिबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालय चीनबाट प्राप्त भेरो सेल खोप लगाउने तयारी गरिरहेको छ ।
चीनले नेपालका लागि पठाएको कोभिड-१९ विरुद्धको खोपको ८ लाख डोज नेपाल आइसकेको छ ।
चीनले नेपालका लागि उपलब्ध गराएको सार्स कोभ-२ भ्याक्सिन (भेरो सेल) पनि कोभिसिल्ड झैं दुई पटक लगाउनुपर्छ ।
भेरो सेल सिनोभ्याक बायोटेक लिमिटेडले उत्पादन गरेको हो ।
यसै बीच, सरकारले ४० वर्षमाथि उमेर समूहलाई कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप दिने भएको छ ।
४० देखि ५९ वर्ष उमेर समूहलाई खोप दिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पूर्वाधारका हिसाबले उपयुक्त अस्पतालबाट खोप प्रदान गरिने डा. गौतमले बताए।
उनका अनुसार यो उमेर समूहलाई चीन सरकारबाट प्राप्त खोप दिन लागिएको हो ।
चीन सरकारले नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराएको छ।