किन आउँछ घमौँरा ? यस्ता छन् बच्ने उपायहरु

March 31, 2021 550

गर्मी मौसममा लागेसँगै छालामा विभिन्न प्रकारका समस्याहरु आउने गर्दछ । गर्मी मौसमका कारण धेरैजसो मानिसहरुलाई पसिना आउने,

बाक्लो लुगा लगाउनुका कारण, फोहोर खेल्ने, नियमित रुपमा हातखुट्टा सफा नगर्नाले र प्रदुषित वातावरणको कारण शरीरमा घमौरा आउने गर्दछ ।

यो एक किसिमको पसिनाको ग्रन्थीहरुबाट आउने एक किसिमको संक्रमण हो । पसिना ग्रन्थीका प्वालहरु शरीरमा सबैतिर सिधा भएर जान्छ।तर कहिलेकाही कुनै कारणवंश पसिनाको

प्वालहरु बन्द भयो भने शरीरामा घमौरा देखिछ ।छालामा उपस्थित ब्याक्टेरिया तथा मृत कोशिकाले पसिना निस्कने छिद्रलाई बन्द गरिदिन सक्छ । जसले गर्दा घमौरा आउँछ ।

फोहोर, धुलो मैलो छालामा जम्मा हुनाले छालामा रहेको छिद्र थुनिन्छ । जस्का कारण पनि घमौरा निस्कन्छ ।

नीमको पात- नीमको १० देखि २० ओटा पातलाई एक गिलास पानीमा उमाल्ने र चिसो भएपछि घमौरा आएको ठाउँमा लगाउने र केहि समय पछि नुहाउने ।

काक्रा कागती– एका गिलास पानीमा एउटा कागती र काक्रालाई पानीमा डुबाएर राख्ने र केही समय पछि घमौरा निस्किएको ठाउँमा लगाउने ।

लसुन– लसुनलाई पिसेर लेप बनाई घमौरा आएको ठाउँमा दल्ने ।

जैतुनको तेल- एक चम्चा जैतुनको तेलमा मह मिसाउने र घमौरामा लगाउने र केही समयपछि धुने ।

घ्यु कुमारी– दैनिक रुपमा कम्तीमा पनि दिनको तीन पटक सम्म एक एक चम्चा घ्यु कुमारीको जेललाई घमौरामा लगाउने ।