थाइल्याण्ड । सामान्यतया, अर्काको घरमा प्रवेश गरेको चोरलाई अरुले थाहा नपाई सामान कुम्ल्याएर भाग्ने हतार हुन्छ ।
तर थाइल्याण्डमा एउटा घरमा चोरीका लागि पसेको चोर भने बिहानसम्म सोही घरमै आनन्दले बसेको अनौठो घटना प्रकाशमा आएको छ ।
थाइल्याण्डले जनाएअनुसार २२ मार्चको रात फेचाबुन प्रान्तको विचेनबुरी जिल्लाको एउटा घरमा चोर पसेको थियो । राति करिब दुई बजे घरभित्र प्रवेश गरेको उक्त चोर बिहानसम्म सोही घरमा मस्तसँग ओछ्यानमा सुतिरहेको अवस्थामा फेला परेको हो ।
उक्त घर एक प्रहरी अधिकारीकै रहेको बताइएको छ । घरको एउटा ‘बेड रुम’ मा प्रवेश गरेको चोरले एअरकन्डिसन र आरामदायी ओछ्यान पाएपछि केहीबेर सुत्ने निधो ग¥यो ।
थाइ सञ्चारमाध्यमका अनुसार उक्त कोठा ती प्रहरी अधिकारीको छोरीको रहे पनि उनी भने घरमा थिइनन् । तर छोरी नभए पनि कोठाभित्र एसी चलिरहेको देखेपछि
ती प्रहरी अधिकारीले झ्यालबाट चिहाउँदा चोरलाई सुतिरहेको अवस्थामा फेला पारेका हुन् ।उक्त चोरलाई प्रहरीले नियन्त्रणमा लिएर चोरी तथा अर्काको घरमा गैरकानुनी रुपमा प्रवेश गरेको कसुरमा कानुनी कारवाही प्रक्रिया अघि बढाएको जनाइएको छ ।