डेढ सय मिटर अपलिफ्ट भएर खस्यो नेपाली विद्यार्थीहरुले बनाएको रकेट !

March 22, 2021 172

काठमाडौँ : नेपाली विद्यार्थीहरुले बनाएको ‘गरुडा’ रकेट धनुषाको भिमानमा करिब डेढसय मिटर अप’लिफ्ट भएर खसेको छ । लन्च प्या’ड, हावाको बहाव र मोटरममा फ्यु’ल बर्न

राम्रोसँग नुहँदा प्रक्षेपण सफल हुन नसकेको गरु’डाका मुख्य निर्माणकर्ता मोहन तामाङले बताए । ‘लन्च प्याड अलिक धेरै द’ह्रो भएर हाम्रो रकेटलाई बढी फ्रिक्स’न भयो,’

तामाङले भने, ‘मोटरमा फ्युल बर्न पनि राम्रोसँग हुन पाएन जसका कारण रकेट जुन गतिमा जानुपर्थ्यो जान सकेन ।हावाका कारणले फर्कियो । इन्धन राम्रोसँग नबल्दा रकेट थोरै गतिमा मात्रै उडेको तामाङले बताए ।

१० मिटर उचाइको गरुडामा ‘पोटासियम नाइ’ट्रेट र सुगर’ इन्धनको रुपमा प्रयोग गरिएको थियो । यो रकेटमा सोलिड प्रो’पलेन्ट फ्युल प्रयोग भएको छ । अबको एक महिनापछि दोस्रो परी’क्षण गर्ने तामाङले जानकारी दिए ।

हामीले हरेस खाएका छैनौं र हरेश खाएर पनि हुँदैन,’ उनले भने,’ अबको एक महिनाभित्र अहिलेका समस्याहरुलाई समाधान गरेर लन्च गर्नेछौं । ‘

प्रधान सेनापति पूर्णचन्द्र थापाले गरुडा प्रोजेक्टलाई सेनाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको तामाङले बताए । सेनापति थापाले गरुडा प्रोजेक्ट आंशिक रुपमा सफल भएको

र यसलाई नराम्रो नसोच्‍न आग्रह गर्दै हौसला प्रदान गरेका थिए । राष्ट्रिय आविष्कारक केन्द्रका प्रमुख महाविर पुनले इनोभेसन सेन्टरको तर्फबाट अझ सहयोग हुने बताएका छन् ।

धनुषाको भिमानबाट ‘गरुडा’ प्र’क्षेपण गरिँदैएक्सपे’रिमेन्टल साउन्डिङ रकेट एसोसिएसन (ईएसआरए) र स्पेसपोर्ट अमेरिकाको संयुक्त आयोजनामा हुन स्पे’सपोर्ट अमेरिका कप–२०२१ मा सहभागिता जनाउनका

लागि गरुडा तयार पारिएको हो । ७.४२ फिट उचाइ रहेको गरुडाको व्यास ६ इन्चको छ ।यसैबीच, नियर एरो स्पेस नेपालले तयार गरेको आरम्भ-१ रकेटको पनि प्रक्षे’पण असफल भएको छ ।

नेपाल स्पेस ड्रिम परियोजनाअन्तर्गत निर्माण गरिएको ५.५,५.६ र ५.७ फिट उचाइ भएको ३ वटा एम्याचुअर रकेट प्रक्षे’पण पनि असफल भएको हो ।

यी रकेटहरुको मोटर टेस्ट सफल भएपनि लिफ्ट अफ नभएर खसेको भएको निर्माणकर्ता शिशिर जिसीले जान’कारी दिए । आरम्भ-१को ५० मिटर अपलिफ्ट भएर तल खसेको थियो । एप्रिल १६मा चाही आरम्भ-२ को ९.५इन्च उचाइ भएको प्रक्षेपण ।

यस्तै, भि’मान मै परी’क्षण गरिएको पाकुरा संस्थाले निर्माण गरेको ६० किलोमिटरसम्म उड्न सक्‍ने भनिएको ‘गौथली’ नाम गरेको औषधि बोक्ने ड्रोनको परी’क्षण उडान पनि असफल भएको छ ।

उक्त ड्रोन एक किलोमिटर माथि पुगेर खसेको जिसीले जानकारी दिए । प्रक्षे’पणमा सहभागी हुनका लागि नेपाल सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापा,

पूर्व सेनापति रुकमा’ङ्गद कट्‌वाल,राष्ट्रिय आविष्का’रक केन्द्रका प्रमुख महाविर पुन लगायत धनुषास्थित नेपाली सेनाको ब्यारेक नजिकैको प्रक्षे’पणस्थल पुगेका थिए । -नयाँ बाटो