भारतमा एक नेपालीलाई बिनाकसुर ४० वर्ष जेल !

March 22, 2021 138

काठमाडाैं : बिनासुनुवाइ ४० वर्ष जे’लमा रहनुको पी’डा कति हुन्छ ? इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी तिम्सिना) बताउन सक्दैनन् ।

भारतको कोबलकातास्थित दमदम का’रागारमा रहेका दीपक बुधबार साँझ मात्रै छुटेर खुला संसारमा निस्किएका हुन् । भारतकै दार्जिलिङबाट पक्रा’उ परी उनलाई विभिन्न कारा’गार हुँदै कोलकाता पु¥र्‍याइएको थियो ।

उनले ‘म नि’र्दोष छु’ मात्रै भनेको भाइ प्रकाशचन्द्र तिम्सिनाले सुनाए । दाइको स्व’भाव ८–९ वर्षको बच्चाको जस्तो भएको छ’, प्रकाशचन्द्रले भने, ‘बिनासुनुवाइ यो अवस्थामा पु¥र्‍याउनुको पनि न्या’य चाहियो।’

कर्तव्य ज्या’न मु”द्दामा दीपक बिनासुनुवाइ ४० वर्षभन्दा बढी भारतीय का’रागारमा बस्न बाध्य भएका हुन् । उनी भाइ र आफन्तका साथ आइतबार माई नगरपालिका–१० स्थित घर आइपुग्दै छन् ।

उच्च अदा’लत कोल’काताले बुधबार साँझ रिहा गर्न आदेश दिएपछि उनी घर आउन पाएका हुन्। अदालतले दार्जिलिङबाट पुराना कागजात मगाएपछि उनको मानसिक स्वास्थ्य अवस्थालाई

ध्यानमा राखी रिहा गर्न आ’देश दिएको भारतका का’नुन व्यवसायी हीरक सिन्हाले बताए । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।