श्रीलङ्कामा बस दु’र्घटनामा परी कम्तीमा १४ जनाको मृ’त्यु, ३० भन्दा बढी घा’इते

March 20, 2021 172

एजेन्सी । श्रीलङ्काको पासारामा शनिबार बस दु’र्घटनामा पर्दा कम्तीमा १४ जनाको  मृ’त्यु भएको अधिकारीहरूले पु’ष्टि गरेका छन् ।

राजधानी कोलम्बोबाट करिब ३५७ किलोमिटर टाढा मोनेरागला–बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस भीरबाट खसी भएको दु’र्घटनामा कम्तीमा १४ जनाको मृ’त्यु भएको छ

भने बसमा यात्रारत ३० व्यक्ति सख्त घा’इते भएका छन् ।प्रत्यक्षदर्शी घा’इते यात्रुका अनुसार चालकको लापरबाहीका कारण बस दु’र्घटना भएको हो । मृ’त्यु हुनेहरूमा चालकसहित

नौ जना पूरुष रहेका र पाँच महिला रहेका अधिकारीहरूले बताएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ भने घाइते सबै जनालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ

।श्रीलङ्कामा कमजोर सडक संरचना, पूराना सवारी साधन, चालकको लापरबाही र क्षमताभन्दा अत्यधिक बढी भार लिएर सवारी चलाइने गर्दा बर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गु’माउने गर्छन् ।