NTC ले ल्यायोे यो अहीले सम्म कै सस्तो डाटा अफर , हरेक दिन ३०० MB डाटा निशुल्क !

March 19, 2021 642

नेपाल टेलिकमले अटम अफरमा सुविधा थप गरेर नयाँ ‘इको भ्वाइस प्लस डाटा कम्बो’ प्याक ल्याएको छ। पहिलाकाे अफर अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्याक थियो।

सो प्याक अन्तर्गत दैनिक १ जिबी डाटा ७ दिनका लागि २५० र २८ दिनका लागि ८५० मा दिइएको प्याकमा भ्वाइस सुविधा थप गरिएको हो। यस अनुसार उक्त कम्बो प्याकअन्तर्गत २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल गर्न सकिन्छ।

प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिन्छ। यसैगरी ८५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल गर्न सकिन्छ।

काठमाडौं । बहराइनका राजपरिवार सदस्य शेख मोहम्मद अमाद अल कोलिफासहितको १६ जनाको टोली सोमबार नेपाल आएका छन् । बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर नेपाल आएका उक्त टोलीले विश्वको सर्वोच्च शिखर‘सगरमाथा’ को आरोहण गर्ने जनाइएको छ ।

गत अक्टोबर २०२० मा लोबुचे र मनास्लु हिमाल आरोहण गरेर फर्किएका उक्त टोलीले यसपटक भने सगरमाथाको आरोहण गर्न लागेका हुन् । १३ जना बहराइन नागरिकसहित ३ जना बेलायती नागरिक समेत रहको उक्त टोलीले सगरमाथा आरोहणसहित नेपालको

केहि जिल्ला घुम्ने योजना समेत बनाएको छ । सो अवसरमा टोलीले गोरखाको जिल्लाको चुमनुब्री गाउँपालिकास्थित समा गाउँका बासिन्दाका लागि कोरोना भाइरस विरुद्धको खोप निःशुल्क प्रदान गर्नेछन् । यो टोली न्यूनतम ८० दिन नेपालमा रहनेछ । कुनै पनि देशका राज परिवारले सगरमाथा आरोहण गर्न लागेको यो पहिलो पटक हो।