March 17, 2021 35
काठमाडौं । करिब ४० वर्षदेखि भारतीय जेल रहेका इलामका दुर्गाप्रसाद तिम्सिनालाई
कोलकाताको उच्चअदालतले साधारण तारेखमा छाड्न आदेश दिएको छ ।मुख्य न्यायाधीश थोटथिल बी
राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयको इजलासले बुधबार साँझ तिम्सिनालाई रिहा गर्न आदेश दिएको हो ।
उनी सन् १९८१ माहत्या अभियोगमा दार्जिलिङ जेल परेका थिए ।उनलाई
सन् २००५ मा दार्जिलिङबाट अलिपुरद्वार जेल हुँदै कोलकाता सेन्ट्रल जेल पुर्याइएको थियो ।