सिन्धुली पुगे प्रचण्ड

March 17, 2021 158

काठमाडौं । राजनीतिक संकट चुलिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष बुधबार सिन्धुली पुगेका छन् ।

कुनै बोल्ड निर्णय गर्नुपर्ने बेलामा प्रायः प्रचण्ड उपत्यका बाहिर जाने गर्दछन् । माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले प्रचण्ड आफ्नो जिल्ला सिन्धुली आएको बताए ।

के प्रयोजनका लागि प्रचण्ड सिन्धुली जानुभएको भन्ने प्रश्नमा गजुरेलले भने, ‘विल्कुल रिफ्रेसका लागि आउनुभएको हो ।

बिहीबार हामी सँगै फर्कन्छौ ।’ सिन्धुलीबाट फर्के लगत्तै प्रचण्ड नयाँ निर्णय गर्ने आशंका गरिएको छ ।

नयाँ सरकार गठन लगायतका विषयमा दलहरुबीच संवाद चलिरहेका बेला प्रचण्ड एक दिनका लागि सिन्धुली पुगेका हुन् ।