लगानी बढाउन सेयर बजारमा बुक विल्डिङ प्रणाली ल्याइएको हो– रुपेश केसी, सेबोन

March 17, 2021 162

काठमाडौं । स्टक मार्केट अर्थात् सेयर बजारमा सर्वसाधारण लगानीकर्ता, रियल स्टेटको लगानी बढाउन बुक बिल्डिङ प्रणाली कार्यान्वयनमा ल्याइएको

धितोपत्र बोर्ड (सेबोन) का डेपुटी एक्सक्ल्युसिभ डाइरेक्टर रुपेश केसीले बताएका छन् । अहिलेको सेयर बजारमा बैंक, वित्त तथा बीमा कम्पनीहरुको मात्र बढी बर्चस्व हुने गरेकोमा वास्तविक रियल स्टेटको समेत लगानी प्रमोट गर्ने

गरि सेबोनले बुक बिल्डिङ प्रणालीको विकास गरेको उनले बताए । ‘अहिलेको सेयर बजारमा बैंक, वित्त तथा बीमा कम्पनीहरुको मात्र लगानी कारोबारको चाप छ । अन्य उत्पादनमुलक, तथा व्यवसायिक क्षेत्रको कमै कारोबार हुने गरेका छन् ।

यसले मुलुकको वास्तविक अर्थ बजारको मूल्याङ्कन समेत हुन सकिरहेको छैन । त्यसैले वास्तविक लगानीकर्ता र मुलुकको अर्थतन्त्रको मार्ग चित्र निकाल्न पनि धितोपत्र बोर्डले सेयर बजारलाई बुक बिल्डिङ प्रणालीमा लैजान चाहेको हो’

केसीले भने ।त्यसो त यस्तो प्रणाली मुलुकभित्रका संस्थागत योग्य लगानीकर्ता तथा अन्तर्राष्ट्रिय सेयर बजारलाई समेत हेरेर मनन् गरेर मात्र ल्याइएको केसीको भनाई छ ।  सो प्रणालीमार्फत बजारमा कुनै कम्पनीले सेयर जारी गर्न चाहे कम्पनीले सार्वजनिक बोलकबोलमार्फत आवेदन

प्रस्तावित गर्न सक्ने र बजारमा रहेका संस्थागत तथा व्यक्तिगत योग्य लगानीकर्ताहरुले पनि प्रतिस्पर्धाकै आधारमा आवेदन दिन सक्ने छन् । यस्तो प्रक्रियामा सेयर जारी गर्न चाहने कम्पनी र लगानी गर्न चाहने लगानीकर्ताले कम्पनीको नाफा, घाटाको अवस्थाको मूल्याङ्कन र उत्पादनका आधारमा निर्णय गर्न सक्नेछन् ।  पारदर्शितामा रहने यस्तो प्रक्रियाले कम्पनी र

लगानीकर्ता दुबैलाई वीन वीन सिचुएसनमा लैजाने केसीको भनाई छ । बुधबार सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ मार्फत जारी गर्न लागिएको ६० लाख कित्ता बराबरको आईपीओ हस्ताक्षर कार्यक्रममा बोल्दै केसीले यस्तो बताएका हुन् । हालैमात्र धितोपत्र बोर्डले कार्यान्वयनमा ल्याएको बुक बिल्डिङ प्रणालीमा धेरै कम्पनीहरु जान चाहेको र यसबाट बोर्ड निकै उत्साहित भएको समेत उनले बताए ।