२० जनाले बोलेपछि माओवादी केन्द्रीय समिति बैठक स्थगित

March 15, 2021 182

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सोमबार दोस्रो दिन बसेर बैठक केही दिनका लागि स्थगित भएको हो ।

दोस्रो दिन सोमबार बसेको बैठकमा २० जना नेताहरुले आआफ्नो धारणा राखेका थिए । बैठकमा बोल्ने अधिकांश नेताहरुले पार्टीलाई सैद्धान्तिक र सांगठनिक रुपमा चुस्त दुरुस्त राख्नुपर्ने धारणा राखेको नेता गणेश साहले जानकारी दिए ।

‘२० जनाले धारणा राख्नुभयो । धेरैको भावना पार्टीलाई एकतावद्ध बनाउँदै सांगठनिक र सैद्धान्तिक रुपले चुस्त दुरुस्त बनाउनुपर्छ भन्ने कुराहरु आए’, साहले रातोपाटीसँग भने,

‘अवको बैठकमा दस्तावेजसहित छलफल हुनुपर्ने मागहरु पनि उठे ।

’जनार्दन शर्माले बोल्न सुरु गरेको बैठकमा पम्फा भुसाल हुँदै रामचन्द्र झामा पुगेर टुंगिएको थियो ।बैठकमा नयाँ सरकार निर्माणका लागि अन्य दलसँग वार्ता गर्नुपर्ने र नेकपा विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनका विषयमा समेत चर्चा भएको थियो ।