माओवादीको स्थायी कमिटी बैठक चल्दै गर्दा भीम रावल किन पुगे पेरिसडाँडा ?

March 13, 2021 181

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक चलिरहेको बेला नेकपा एमाले नेता भीम रावल पेरिसडाँडा पुगेका छन्।

पेरिसडाँडास्थित माओवादी कार्यालयमा बिहान ९ बजेबाट सुरु भएको माओवादी केन्द्रको स्थायी समिति बैठकमा ९ः३० बजे रावल बैठकमा समेत प्रवेश गर्न भ्याए ।

माओवादीको बैठकमा रावलले के संवाद गरे भन्ने विषय बाहिर आएको छैन । आधा घण्टा पेरिसडाँडा रहेका रावल १० बजे पेरिसडाँडा बाट बाहिरिएका थिए ।

तर रावलले पेरिसडाँडाबाट बाहिरिँदै गर्दा कुनै प्रतिक्रिया भने दिएनन् ।

अनि उनी माधवकुमार नेपाल पक्षको स्थायी समिति बैठकका लागि नयाँ बानेश्वरस्थित अर्याल होटेलतिर लागे ।पेरिसडाँडा प्रवेशबारे बुझ्न रातोपाटीले रावललाई फोन गर्दा सम्पर्कको प्रयास सफल हुन सकेन ।