गायक दुर्गेश थापा र सम्राट चौलागाईंले आगलागीमा परेका परिवारलाई राहत वितरण गरेका छन्।बाँकेको नरैनापुरमा भएको आगलागी घ’टना सुनेपछि आफूहरू यसै बस्न नसकेकाले सक्दो सहयोग गरेको दुर्गेशले फेसबुकमा लेखेका छन्।
फेसबुकमा खाद्यन्य सामग्री ओसारपसार गरेको फोटा सेयर गर्दै उनले लेखेका छन्, ‘अछामको कार्यक्रम सकेर आउने क्रममा बाँकेको नरैनापुरमा भएको २६ घर आगलागी घ’टना सुनेपछी हामी केही नगरी बस्न सकेनौं।
आज नै हामीले आगलागीमा परेका परिवारलाई हाम्रो सामर्थ्यले सक्ने जति सहयोग गरेका छौ। छिट्टै नै सम्पुर्ण परिवारमा पुरानो खुसी फर्कियोस्। सेवा नै धर्म हो।’
दुर्गेशले अछामको कार्यक्रममा पाएको पारिश्रमिकले नरेनापुरका मानिसलाई सहयोग पुर्याएका हुन्। सेतोपाटीसँग फोन संवादमा उनले भने, ‘सेवा नै धर्म हो भन्ने मान्यता राख्छु।
नरेनापुरको घ’टना सुनेपछि अछामको कार्यक्रममा मिलेको पारिश्रमिकले त्यहाँको बासीहरूलाई खाद्यन्य सामग्री लिएँ।
‘टोलीले वडा सदस्यको नेतृत्वमा २६ घर धुरीलाई चामल, दाल, नुन, तेललगायत सामग्री वितरण गरेको हो। सो गाउँमा मधेसी समुदाय बढी भएका कारण संवाद गर्न गार्ह्रो परेको समेत बताउँदै दुर्गेशले भने, ‘यसमा वडा अध्यक्षले सहयोग गर्नुभयो।’