मधुमेह भए पनि आलु छोड्नु पर्दैन

March 7, 2021 479

विराटनगर मधुमेह भएका बिरामीलाई आलु खान नहुने सुझाव दिइन्छ । मधुमेह पीडितले आलुको सेवन गरेमा रगतमा चिनीको मात्रा अत्यधिक बढ्न जाने मान्यता वा भ्रम छ ।

आलुमा हुने उच्च कार्बोहाइड्रेटको मात्राका कारण यसले चिनीको स्तरलाई बढाउन सक्ने हुँदा मधुमेह रोगीहरूले आलु खान छोड्ने गर्छन्। एक मधुमेहपीडित व्यक्तिका लागि आलु खानै नहुने भन्दा पनि आफूले दैनिक खाइने खानामा

कार्बोहाइड्रेटको मात्रालाई ध्यानमा राख्न जरुरी हुने आहारविद् तथा पोषण विशेषज्ञ ओमप्रकाश शाह बताउँछन् ।खानामा ७० वा सोभन्दा बढी जिआई भएमा हाई ग्याइसेमिक इन्डेक्स (रगतमा चिनी बढाउने तत्त्व)युक्त खाना भएको मानिन्छ ।

र, आलुमा ग्याइसेमिक इन्डेक्स (जिआई) करिब ७४ हुन्छ, जसअनुसार मधुमेहपीडितले आलु खान हँुदैन भन्ने भ्रम सत्य भएको जस्तो देखिन्छ ।तर, दैनिकजसो खाइने भातको जिआई ७० देखि ७५,

ब्राउन राइसको ६५ देखि ७० र गहुँको आटाको रोटीको जिआई पनि ७० सम्म हुन्छ ।जुन आलुको जिआईसँग लगभग मिल्न जान्छ । यसको अर्थ, एउटा रोटी वा आधा कचौरा भात वा ठूलो भए एउटा र सानो भए दुईटा आलुको

सेवन गर्दा रगतमा चिनीको मात्रा उत्तिकै तरिकाले बढ्ने हुन्छ। मधुमेहपीडित व्यक्तिले भात तथा रोटीको सेवन गर्न मिल्छ भने त्यसकै साटो कार्बोहाइड्रेटको मात्रालाई ध्यानमा राख्दै मध्यम आकारको आलु पनि सेवन गर्न सकिन्छ ।कार्बोहाइड्रेटको मात्रालाई मिलाएर

खाएको खण्डमा आलुको सेवन मधुमेहपीडितको लागि समाजमा फैलिएको भ्रम वा सोचेजस्तो हानिकारक हँुदैन । आलुलाई अन्य कम जिआई भएको तरकारीसँग मिसाएर पकाउन सकिन्छ । यसले पाचन प्रक्रियालाई ढिलो गरेर रगतमा चिनीको स्तर बढ्ने क्रमलाई रोक्ने गर्छ ।कुनै पनि कुराको सेवनलाई रोक्नुभन्दा पनि खानेकुराको भागलाई नियन्त्रण गरेर खानु नै महत्त्वपूर्ण हुन्छ ।