सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्छौं : प्रधानमन्त्री ओली

March 7, 2021 211

काठमाडौं, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताउनुभएको छ ।

आइतबार संसद् भवनबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला मान्ने र कार्यान्वयन गर्ने बताउनुभएको हो ।
प्रधानमन्त्री ओली बैठक शुरू नहुँदै संसद् भवनबाट बाहिरिनुभएको थियो ।


सो क्रममा संक्षिप्त प्रतिक्रिया दिदै उहाले आफूले फैसलाको पूर्णपाठ हेर्न भने बाँकी रहेको तर्क गर्नुभयो ।

सर्वोच्चले ऋषि कट्टेलको पार्टीलाई नेकपा नामको आधिकारिकता प्रदान गर्दै साविक एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएको छ ।