अचानक महरालाई किन भेटन पुगे विप्लव ? नसोचेको खु’लासा तुरुन्तै पढनुहोस

March 7, 2021 550

नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटघाट भएको छ । संसद बैठकको पूर्वसन्ध्यामा आइतबार महरा र विप्लवबीच भेटघाट भएको हो ।

निकटस्थ स्रोतले जनाएअनुसार विप्लव आइतबार बिहान महरालाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए ।

तत्कालीन माओवादी जनयुद्ध पछि शान्ती प्रक्रियामा आउँदा नेतृत्वदायीभूमिका खेलेका पूर्वसभामुख महरालाई विप्लवले राजनीति तथा शैक्षिक गुरुको रुपमा सम्मान गर्ने गर्दछन् ।

सरकारसँगको वार्तापछि सार्वजनिक भएका विप्लवले महरासँग भेटेर वर्तमान राजनीति अवस्था र आफ्नो पार्टीको पछिल्लो रणनीतिका बारेमा छलफल गरेको महरा निकट स्रोतले जनाएको छ ।

पछिल्लो समय विप्लव सार्वजनिक महरा र विप्लवबीचको भेट पहिलो हो । भूमिगत कालमा पनि विप्लवले महरालाई भेट्ने गरेको कुरा चर्चामा आएको थियो ।

संसद पुनःस्थापना पछि संसद बैठक बस्नुभन्दा अगाडी पछिल्लो राजनीतिमा चर्चाका रुपमा आएका विप्लव र पूर्व सभामुख महराको भेटघाटलाई महत्वका साथ हेरिएको छ ।