कतारका लागि उडेको विमानमा बिरालोले पाइलटलाई आ’क्र’म’ण

March 2, 2021 9

काठमाडौं। उडिरहेको विमानमा बिरालोले पाइलटलाई आ’क्र’म’ण गरेपछि विमानको आक’स्मिक अवतरण गर्नुपरेको छ । जानकारीअनुसार विमान उडिसक्दा त्यो बिरालो ककपिटमै थियो । बिरालोले अनि’यन्त्रित भएर पाइलटमाथि नै आ’क्र’म’ण गरेपछि विमानको आक’स्मिक अवतरण गराउनुपरेको हो ।

सुडानको राजधानी खार्तुमबाट उडेको विमान कतारको दोहा जाँदै थियो । तर बिरालोले आ’क्र’म’णगरेपछि पाइलटले सुडानको राजधानी शहर खार्तुम नै फर्कने निर्णय गरे । स्थानीय मिडिया रिपोर्टहरूमा जनाइएअनुसार उक्त जनावर ‘आ’क्रा’म’क र रि’सा’हा’ थियो र विमान उड्नुभन्दा पहिले कुनै तरिकाले विमानभित्र पसेको अनुमान गरिएको छ ।

स्थानीय अखबार अल सुडानीलाई उद्धृत गर्दै मेट्रोले जनाएअनुसार बिरालोलाई शान्त राख्न कैयौं प्रयास गरिएको थियो तर बिरालोले त्यसको प्र’ति’रो’ध गरिरह्यो र पाइलटलाई नै आ’क्र’म’ण गर्यो । यो सुडानी टार्को उडान गत बुधबार खारतुम अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो र घ’ट’ना हुँदासम्म करिब ३० मिनेटसम्म हावामा उडिसकेको थियो ।

विमानभित्र आ’तं’क’को स्थिति भएपछि अन्ततः पाइलटले विमान फर्काउने निर्णय गर्नुपर्यो । विमानको सरसफाइको क्रममा वा विमानको इन्जिनियरिङको जाँचको क्रममा बिरालो विमानभित्र पसेको र बिरालो पस्दै गरेको कसैले नदेखेको अनुमान गरिएको छ यद्यपि यो कुराको पुष्टि हुन सकेको छैन । विमानलाई अघिल्लो रात विमानस्थलको ह्याङगरमा पार्क गरेर राखिएको बताइएको छ ।