मादल बनाउने वादी समुदायको पुर्खायौली पेशा लोप हुने अवस्थामा…हेर्नुहोस् ।

मादल बनाउने वादी समुदायको पुर्खायौली पेशा अहिले लोप हुने अवस्थामा छ । पछिल्लो पुस्ताले मादल बनाउन छोडेका छन् । अहिले वादी समुदायले मादल बनाउन समेत बिर्सिन थालेको तुलसीपुर ४ वायखोला निवासी गेहेन्द्र वादीले बताए ।

“मादल बनाउने हाम्रो पुख्र्यौली पेशा हो। तर हामीले यो पेशा भुल्न थालिसक्यौं”, उनले भने ।बजारमा मादलको माग घट्दै जाँदा पनि मादल बनाउन छोडेको सोही ठाउँका भुपबहादुर वादीले बताए । अहिले बजारमा आाधुनिक उपकरण प्रयोग गरी गीत बजाउने, सुन्ने र नाच्ने चलन भित्रिएसँगै मादलको माग घट्न थालेको उनको भनाइ छ ।

“अहिले नाच्नगाउन, पेन्ड्राइभ जस्ता आधुनिक उपकरण प्रयोग हुन्छ”, उनले भने, “यसले गर्दा मादल नाचगानका लागि कमै प्रयोग हुने, माग पनि नहुँने भएकाले पेशा सङ्कटमा छ ।” घरमै आएर माग गरेपछि मादल बनाउने गरेपनि व्यावसायिक रुपमा मादल बनाउन छोडेको उनको भनाइ छ ।

यो पनि
निःशुल्क परीक्षण र उपचार निरन्तर हुने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टको भनाइ !

डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै प्रदेशमा निःशुल्क परीक्षण र उपचार निरन्तर हुने बताउनुभएको छ ।

दशैँको टीकाका लागि जन्मथलो डोटीको केआइसिंह गाउँपालिका–६ फलेडी आएका मुख्यमन्त्री भट्टले कोरोना भाइरस साझा सत्रु भएकाले सबैले मिलेर लाड्नुपर्ने बताएका हुन्। कोरोना रोगबाट बच्न सम्पूर्ण नागरिकले घरैमा सुरक्षित बस्नुपर्ने तथा बिनाकाम घर बाहिर ननिस्किन समे उहाँले बताउनुभयो ।

मुख्यमन्त्री भट्टले कोरोना जोखिमबाट सबै नागरिक सजग भएर हिँड्नु पर्ने धारणा राख्दै भने “कोरोना जाँच र उपचार निःशुल्क गर्दै आएका छौँ तर नागरिकले पनि कोरोना जोखिमबाट बच्न सावधानी अपनाउनु पर्ने हुन्छ ।”

आजै मुख्यमन्त्री भट्टले प्रमुख जिल्ला अधिकारी भीमप्रशाद भट्टराई, सशस्त्र प्रहरी बलको ३६ नम्बर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक भरत खानियाँ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लसँग मुख्यमन्त्री सम्पर्क कार्यालय दिपायल राजपुरमा भेटी कोरोना नियन्त्रण तथा रोकथामका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य तथा जिल्लाको शान्ति सुरक्षामा कमी हुन नदिन निर्देशन दिनुभयो। रासस

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।