रअ प्रमुखसँग सुटुक्क भेटेको आरोप लागेपछि बाबुरामले भने : भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मा’र्ने मेरो देश !

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले रअ प्रमुखसँग भेटेको भनेर लेखक खगेन्द्र संग्रौलाले गरेको टिप्पणीमाथि जवाफ फर्काएका छन् ।

लेखक संग्रौलालाई ट्विटरमै जवाफ दिँदै बाबुरामले भनेका छन्,‘खगेन्द्र सॅग्रौलाजस्ता बौद्धिक व्यक्ति समेत आफ्नो कान नछामी कागको पछि दौडिने देशमा अरूबाट सत्य/न्याय,बुद्धि/विवेकको के अपेक्षा गर्नु?भीम मल्ल र भीमसेन थापालाई त्यत्तिकै मा,र्ने मेरो देश! बिपी र पिएललाई बाचुन्जेल दलाल र ग,द्दार भन्ने र मरेपछि पुज्ने मेरो देश! अनि हामी पछि नपरे को त?

खगेन्द्रले यस्तो लेखेका थिए ,’डा.बाबुराम भट्टराई “रअ” प्रमुख सामन्त गाेयल्सलाई सुटुक्क भेट्ने,सामन्त गाेयल्स बाबुराम भट्टराईका देहमा सुटुक्क काेराेना भाइरस सल्काउने! अनि यता बाबुराम आइसाेलसनमा,उता सामन्त आइसाेलेसनमा। देहमा भाइरस सल्काइनु सामान्य कुरा हाे,दिमागैमा भा,इरस सल्काए कि भन्ने आशंकाले पाे सतायाे!’

यो पनि
दसैंमा कम खपत हुँदा दैनिक २ सय मेगावाटसम्म विद्युत खे’र गयो !

काठमाडौं दसैंमा विद्युतको माग कम हुँदा ठूलो मात्रामा बिजुली खे’र गएको छ । दसैको बिदाका कारण विभिन्न कलकारखाना, व्यापारिक मल र संस्थाहरु ब’न्द रहेका कारण बिजुली खे’र गइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको हो ।

नेपालमा अहिले केहि समयका लागि दैनिक करिब २ सय मेगावाटसम्म खेर गइरहेको प्राधिकरणले जनाएको छ ।खे’र गइरहेको विद्युतको खपतबारे प्राधिकरणसँग तत्कालै ख’पत बढाउने कुनै विकल्प नहरेपनि दी’र्घकालीन रुपमा र’णनीति तयार पारेर अगाडि ब’ढ्ने प्राधिकरणको तयारी छ ।

प्राधिकरणले खेर गइरहेको विद्युतको खपत गर्न सिँचाई, कृषि उत्पादन, विद्युतीय सवारीका लागि विद्युत उपलब्ध गराउने, उपभोक्तालाई इ’न्डक्सन चुल्हो प्रयोगलाई प्रोत्साहन गर्ने तयारी गरेको छ ।त्यस्तै नेपालमै उत्पादन भएको विद्युतले ख’पत गर्न पुगिरहेकाले भारतबाट आयात गर्नुपर्ने अवस्था नरहेको समेत प्राधिकरणको दा’वी छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।