दाहाल नेपाल एक हुँदा नेकपा झण्डै बराबर दुई चिरा हुने अवस्थामा…हेर्नुहोस् ।

काठमाडौं : गत मंगलबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले नेता माधव नेपालसंग सहकार्यको प्रस्तावलाई नेपालले अस्वीकार गरेपछि नेकपामा पूर्व एमाले र पूर्व माओवादी भन्ने समिकरणको करिब करिब अन्त्य भएको छ ।

लामो समयमा सम्म ओलीको पेलाईमा परेका नेपालले ओलीलाई कुनै पनि हालतमा साथ नदिने देखिएको छ ।नेपाल र दाहाल एक ठाँउमा हुँदा नेकपाको विभाजन झण्डै झण्डै दुई चिरामा हुने देखिन्छ । पछिल्लो अवस्था हेर्दा अध्यक्ष एंव प्रधानमन्त्री केपी ओली पार्टीका कुनै पनि निकायमा बहुमतमा देखिदैनन् । केन्द्रीय कमिटि, स्थायी समिति र सचिवालयमा बहुमतमा देखिदैनन् ।

दाहाल र नेपाल एक ठाँउ भएमा संसदीय दलमा समेत ओलीको स्पष्ट बहुमत नहुने अवस्था छ । अर्को तर्फ कर्णाली प्रदेशमा देखिएको विवाद सवै प्रदेशमा पुग्ने अवस्था छ । विषेश गरि बागमती र प्रदेश १ मा तत्काल असर पर्ने देखिन्छ । दशैं लगतै यी दुई प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा दाहाल नेपाल समुह रहेका छन् ।

प्रदेश नम्बर पाँचमा पनि दाहाल नेपाल समुहले आफु पक्षका र राजधानी सारेको विषयमा असंतुष्ट लुम्बिनी प्रदेशका सांसदहरुलाई समेटेर अविश्वासको प्रस्ताव ल्याउने तयारी छ ।
११० सदस्यीय बागमती प्रदेशसभामा नेकपाका ८० सांसद मध्ये ४२ जनाले मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर तयारी अवस्थामा राखेका छन् ।

यो प्रस्ताव दाहाल नेपालले सिग्नल देखाए लगतै प्रस्ताव दर्ता हुने देखिन्छ । यस्तै प्रदेश १ को अवस्था पनि उस्तै छ । तत्कालीन एमाले प्रदेश इन्चार्ज भीम आचार्यलाई दुई मतले पराजित गरेका मुख्यमन्त्री शेरधन राई विरुद्धमा दाहाल नेपाल समूह एक ठाँउ हुँदा बहुमत पुग्ने देखिन्छ ।

पार्टी एकीकरण हुनु पूर्वभागबण्डामा माओवादीले पाएको सभामुख पदमा एमालेले दावी गर्न नहुने नेता नेपालको अडानले अग्निप्रसाद सापकोटा सभामुख बन्न सहयोग पुग्यो । त्यस ओली सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्थे ।

त्यस यता हरेकजसो निर्णय र गतिविधिमा प्रचण्ड–नेपाल एक ठाउँ उभिदै आएका छन् । गएको १० वैशाखमा स्थायी कमिटी बैठक माग गर्दै २० जना स्थायी कमिटी सदस्यहरुको हस्ताक्षर देखि (असार १०–भदौ २६) स्थायी कमिटी बैठकमा समेत दाहाल –नेपाल मिलेका थिए । यसको असर, जिल्ला तहसम्मै पुगेको छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।