हरियो मकै रक्ताल्पतादेखि कब्जियत लगायत यी ८ रोगहरुलाई फाइदाजनक औषधि…हेर्नुहोस् ।

काठमाडौ : रक्ताल्पतादेखि कब्जियतको औषधी- हरियो मकै
स्वास्थ्यका लागि मकै अत्यन्त लाभदायक हुन्छ । यसमा धेरैथरी मिनरल पाइन्छन् र तिनले शरीरलाई पौष्टिक आहार दिन्छन् । आजभोलि हरियो मकैको सिजन पनि रहेको छ ।

मकै अधिकांशले रुचाउने खाजामा पर्छ । यो स्वादिष्ट मात्रै नभएर स्वास्थ्यका लागि समेत लाभदायक छ । मकैलाई भुटेर, उसिनेर, पोलेर र भातको रूपमा सँगै विभिन्न परिकार बनाएर खान सकिन्छ । बेमौसमी मकै प्रायः सधैंभरी उपलब्ध हुन्छ । अब जानौँ मकै खाँदा के–के फाइदा हुन्छ ?

जानौं यसका फाइदा :

आँखा :
आँखा स्वस्थ राख्नका लागि मकै अवश्य खानुस् । यसमा बीटा क्यारोटिन र भिटामिन ए प्रचूर मात्रामा हुन्छ र यसले आँखाका समस्या हटाइदिन्छ ।

कोलेस्ट्रोल :

मकैमा भिटामिन सी, केरोटेनाइड र फाइबर हुन्छ र यसले शरीरमा कोलेस्ट्रोल कम गरेर रक्तकोशिकालाई सफा बनाउँछ । अनि मुटुले राम्ररी काम गर्न पाउँछ ।

रक्ताल्पता :

शरीरमा रगतको कमी हटाउनका लागि मकै लाभदायक हुन्छ किनकि यसमा भरपूर आइरन हुन्छ ।

क्यान्सर :

मकैमा भएको एन्टीअक्सीडेन्ट र फ्लेवेनाइड गुणका कारण क्यान्सर जस्तो गम्भीर रोगको खतरा पनि हुन पाउँदैन । मकैमा भएको फेरुलिक एसिडले स्तन क्यान्सर लाग्नबाट बचाउँछ ।

राम्रो छाला :

छालालाई निखार्नका लागि मानिस अनेकथरी सौन्दर्य प्रसाधन प्रयोग गर्छन् तर मकै खाने गर्नुभयो भने छाला चम्किन्छ । यसमा भएको भिटामिन ए र सीले चाउरी पर्न पनि दिँदैन ।

तौल घटाउन :

मकैमा प्रशस्त कार्बोहाइड्रेट हुनाले शरीरलाई ऊर्जा प्राप्त हुन्छ । यही ऊर्जाका कारण अरू खानेकुरातिर मन डुल्दैन र तौल कम हुन्छ ।

कब्जियत :

कब्जियतको समस्या छ भने उमालेको मकै खानुस् । यसमा भएको फाइबरले पेट सफा गरेर कब्जियत हटाइदिन्छ ।

बलियो हड्डी:

मकैमा उपलब्ध जिंक, फोस्फोरस, म्याग्नेसियम र फलामले हाड बलियो बनाउँछ । बाथ वा जोर्नीका समस्या भएका मानिसले मकै अवश्य खानुपर्छ ।

यो पनि
र’क्त संचारमा बाधा पुग्नेः हाम्रो शरीरमा नशाको जालो छ जसले एउटा अंगलाई अर्को अंगसँग जोड्ने गर्दछ । कुनै नशा यस्तो पनि हुन्छन् जुन मु’टु हुँदै कम्मर र खु’ट्टासम्म पुग्ने गर्दछ । मोटो पर्स राखेर बस्दा यी नशामाथि दबाब पर्ने गर्छ जसका कारण र’क्तसंचारमा प्रभाव पर्ने गर्दछ । लामो समयसम्म यसरी बस्दा नशा सुन्निन पनि सक्छ ।

खराब हुनसक्छ मे’रुदण्डको ह’ड्डीः पछाडिको खल्तीमा पर्स हुँदा शरिरको ब्यालेन्स ठिक हुँदैन जसका कारण व्यक्ति सीधा बस्न सक्दैन । यसले मेरुदण्डको ह’ड्डीलाई खराब बनाउँछ जसका कारण स्पाइनल जोइन्ट्स, मसल्स र डिस्क आदीमा पीडा हुन्छ । यसले राम्रोसँग काम गर्न पाउँदैन जसका कारण बिस्तारै मे’रुदण्डसम्बन्धि रो’ग लाग्ने गर्छ ।

फोर्मिस सिन्ड्रोमको ख’तरा बढ्नेः पाइन्टको पछाडिको खल्तीमा पर्स राख्दा तपाईंलाई पायरी फोर्मिस सिन्ड्रोम नामको रो’ग लाग्ने खतरा बढुछ । यस्तो रो’ग लागेपछि बिरामीलाई असह्य पीडा हुन्छ ।

पर्स राखेर घण्टौं बस्दा पायरी फोर्मिस मसल्समा दबाब पर्ने हुँदा खुट्टामा अत्यधिक पीडा हुने गर्दछ । विशेषगरी युवा यो रो’गको शिकार हुन्छन् । पायरी फोर्मिस रो’गबाट छुटकारा पाउनका लागि शल्यक्रिया गराउनुपर्छ । त्यसकारण तपाईंको यस्तो बानी छ भने तुरुन्त हटाउनुहोस् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला ।

माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् । साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।