रअ’ प्रकरणले नेकपा वि’वाद ‘फाइट टू फिनिस’तर्फ : ओलीको सन्देश प्रचण्डद्वारा अस्वीकार…हेर्नुहोस् ।

October 27, 2020 22

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अन्य नेतालाई जानकारी नदिइकन कुटनीतिक म’र्यादाविपरित भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्तकुमार गोयललाई भेटेपछि नेकपाभित्रको विवा’द उत्कर्षमा पुगेको छ ।

मर्यादाविपरित ‘रअ’ प्रमुखसँग ओलीले बालुवाटारमा भेटवार्ता गरेपछि अध्यक्षद्वय ओली-प्रचण्डको दूरी बढेको छ । मंगलबार बेलुकीदेखि अध्यक्षद्वयबीच भेटवार्ता र फोन संवाद हुन सकेको छैन । मंगलबार बेलुकी अध्यक्षद्वयबीच फोनमा एकप्रकारको झगडा जस्तै भएको थियो ।

प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्ड र पार्टीका अन्य नेतालाई पनि जानकारी नगराएर भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुखलाई नेपाल भ्रमणमा बोलाएर भेटवार्ता गरेपछि अध्यक्षद्वयबीचको दूरी थप बढेको छ । प्रचण्डले ‘रअ’ प्रमुखसँगको भेटवार्ता आपत्तिजनक भएको बताएका उनी निकट एक नेताले बताएका छन् ।

‘रअ’ प्रमुख गोयलले विमान चार्टर गरेरै नेपाल भ्रमणमा आएर ओलीसँग बिहीबार राती १२ बजेसम्म भेटवार्ता गरेका थिए । भेटवार्ता कुटनीतिक मर्यादामात्र नभएर नेपालको सार्वभौमिकतामाथिको प्रहार भएको नेकपाकै नेताहरुले आरोप लगाएका छन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले आज आफ्नो धारणा सार्वजनिक गर्दै इतिहासमै नभएको आपत्तिजनक भेटवार्ता भनेर टिप्पणी गरेका छन् । स्थायी कमिटी सदस्य भीम रावललगायतका नेताहरुले पनि यसअघि नै आपत्ति जनाइसकेका छन् ।

महासचिव पौडेलको दौडधुप

नेकपामा ‘रअ’ प्रमुख गोयल प्रकरण, कर्णाली प्रकरण, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा देखिएको विवाद समाधान गर्न भन्दै महासचिव विष्णु पौडेलले दुबै अध्यक्षसँग भेटवार्ता गरेका छन् । शनिबार बालुवाटारमा ओलीसँग भेटवार्ता गरेका पौडेलले खुमलटार पुगेर प्रचण्डसँग पछिल्ला घटनाक्रममा केन्द्रितरहेर छलफल गरे ।

महासचिव पौडेलले अध्यक्षद्वयको भेटवार्ताका लागि पहल पनिगरेका छन् । यसअघि पार्टी अध्यक्षद्वयबीच ‘फाइट टू फिनिस’को अवस्था आउनै लाग्दा महासचिव पौडेल नेतृत्वमा भएको पहलले पार्टीमा नयाँ सहमति भएको थियो । तर, प्रधानमन्त्री ओलीबाट सहमति कार्यान्वयन नभएपछि फेरि दूरी बढेको ओली निकट नेताहरुले नै बताउन थालेका छन् ।

प्रचण्ड निकट एक स्थायी कमिटी सदस्य भन्छन्, ‘भेटवार्ताका लागि प्रधानमन्त्री ओलीले अरुमार्फत प्रयास गर्नु भएको छ । कार्यकारी अध्यक्षले सन्देशलाई अस्वीकार गर्नु भएको छ । नेपालको स्वाभिमानमै चोट पुग्नेगरी रअ प्रमुखसँग आपत्तिजनक भेटवार्ता भएकाले प्रचण्डले सन्देशको जवाफ दिनु भएको छैन । प्रधानमन्त्रीज्यू फेरि सहमतिबाट ब्याक भएर अंकगणितमा केन्द्रित हुनु भएको छ ।’

प्रचण्डले अब दसैँपछि पार्टीको सचिवालय बैठक राख्ने र त्यसै अनुसार भेटवार्ता गर्ने जवाफ दिएका स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीले कर्णाली प्रकरणमा प्रचण्डसँग सल्लाह नगरीकनै एकतर्फी मुख्यमन्त्रीलाई पत्राचार गरेका थिए । त्यसपछि अध्यक्षद्वयबीच भेटवार्ता हुन सकेको छैन ।

नेकपा विवाद फाइट टू फिनिस तर्फ

नेकपा अध्यक्षद्वयबीचको विवाद फेरि उत्कर्षमा पुगेका बेला ओलीले संसदीय दलमा बहुमत जुटाउने कसरत गरेका छन् । प्रचण्डनिकट नेताहरुसँग धमाधम भेटवार्ता गर्दै ओलीले आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास गरेका हुन् ।

ओलीले प्रचण्ड निकट स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, हरिबोल गजुरेल र प्रभू साहलगायतलाई दसैँ लगत्तै मन्त्री बनाउने तयारी गरेका छन् । पछिल्लो हप्ता तीनैजना नेतासँग ओलीले भेटेर आवश्यक तयारी गरेका छन् । ओलीले पूर्वमाओवादीबाट स्थायी कमिटी सदस्य बनेकाहरु लेखराज भट्ट र मणि थापासँग पनि परामर्श गरेका छन् ।

प्रधानमन्त्री ओलीले कुटनीतिक मर्यादा विपरित भारतीय गुप्तचरसँग भेटवार्ता गर्ने, कर्णालीको विवादमा आफै संलग्न हुने, विगतका सहमति कार्यान्वयन नगर्ने र संसदीय दलमा बहुमत जुटाउन भन्दै पूर्वमाओवादीका केही नेतालाई मन्त्री बनाउने तयारी गरेपछि पार्टी फेरि एक पटक फाइट टू फिनिस तर्फ गएको एक सचिवालय सदस्यले नागरिकखबरलाई जानकारी दिए । नागरिक खबर बाट