नारायणकाजी श्रेष्ठ भन्नुहुन्छ : नेपालमा फेरी भारतको ‘माइक्रो म्यानेजमेन्ट’ सुरु भयो…हेर्नुहोस् ।

October 27, 2020 45

काठमाडौ : सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी ओलीले भारतका गुप्त,चर संस्थाका प्रमुखसँग भेट्नु गलत भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्रालयका प्रतिनिधीविना भारतको जासुसी संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग भेट गर्नु विधि र परम्परा विपरित भएको श्रेष्ठको भनाई छ । गोयल भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दुत भएर आएको भए पनि पूर्वजानकारी हुनुपर्नेमा त्यसो नगरिएकोमा श्रेष्ठले आपत्ति प्रकट गरेका छन् ।

कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले विगतमा भारतले नेपालमा सुुक्ष्म हस्तक्षेप गरे पनि त्यसको अन्त्य भएका बेला फेरी गोयलको भेटले हस्तक्षेप सुरु भएको टिप्पणी गरे ।

नेकपा कर्णाली प्रदेशको विवाद समान्य भए पनि केन्द्रमा पार्टीको निर्णय ओलीले पालना नगर्दा समस्या देखिएको उहाँको भनाई छ । श्रेष्ठले कर्णाली प्रदेशको वि,वाद प्रदेशकै अधिकारअन्तरगत रहेको पनि बताए । श्रेष्ठले सरकार संचालनका क्रममा ओलीले धेरै कमजोरीहरु गरेको आरोप पनि लगाएका छन् ।

यो पनि
नेपाली सेनाद्वारा भारतीय सेनाध्यक्षको तीन दिवसीय भ्रमण तालिका सार्वजनिक !

काठमाडौं, : नेपाली सेनाले भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपालको तीन दिवसीय भ्रमण तालिका सार्वजनिक गरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निम’न्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेका हुन् । नेपाली सेनाका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई नेपाल भ्रमणमका क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्नुहुनेछ ।

नेपाली सेना र भारतीय सेनाबीच एकार्का देशको सैनिक प्रमुृखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ । नेपाली सेनाका अनुसार रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनरल नरवणेले औपचारिक भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।

त्यस्तै, प्रधानसेनापति थापासँग जनरल नरवणेले औपचारिक भेटवार्ता र छलफल गर्नेछन् । कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग जनरल नरवणेले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको पनि बताइएको छ ।

भ्रमणका क्रममा जनरल नरवणेले सैनिक मञ्चको वीर स्मारकमा श्रद्धा’ञ्जलि अर्पणका साथै जङ्गीअ’ड्डामा सम्मान गारद निरीक्षण गर्नेछन् । जनरल नरवणेको भ्रमण दल चार सदस्यीय हुनेछ ।