यस्तो रह्यो चर्चित पत्रकार रबि लामिछाने र निकिता पौडेलको दशै…हेर्नुहोस् ।

काठमाडौं : विश्वभर छरिएर रहेका हिन्दु नेपालिहरुको महान पर्व दशैको मुख्य दिन टीका हो । यसपालिको दशै कोरोनामय भयो । हर्सोल्लास दशैलाई यसपटक घरभित्रै थुनियो ।

कोरोनाको महामारी अझै साम्य नहुदा नेपालिहरुको दशै खल्लो हुदा नजिकको आफन्तमा मात्रै दशै खुम्चिएको छ । यता कलाकारहरूले पनि आफ्नो घरभित्रै मनाएका छन् । टिकाको दिन मान्यजनबाट टीका र आशिर्वाद ग्रहण गरेर तस्वीरहरुलाई सामाजिक संजालमा सार्बजनिक गर्ने क्रम सुरु भएको छ ।

यस्तैमा चर्चित पत्रकार तथा उनकी श्रीमती तथा पुर्व चलचित्र बिकास बोर्ड अध्यक्ष निकिता पौडेलको पनि टीका तस्वीर सार्बजनिक भएको छ । रबिले आफ्नो फेसबुकमा जोडिको तस्विर सार्बजनिक गरेका हुन् ।

उनले हालैको सिधा कुरा जनता संग कार्यक्रममा आफू कसैकोमा टीका लगाउन नजाने, कोहि आफ्नोमा आए कुकुर लगाएर खेदाउने अभिव्यक्ति दिएका थिए ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।