चीनलाई चुनौती दिन नेपालसहित सबै छिमेकी देशहरुसँग सम्बन्ध राम्रो बनाउनु पर्छ : आरएसएस प्रमुख

काठमाडौ : भारतको सत्तारुढ भारतीय जनता पार्टीको नीति निर्माणमा प्रभावशाली भूमिका खेल्ने राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का प्रमुख मोहन भागवतले चीनले लद्दाखमा भारतीय भूमि अति,क्रमण गरेको दावी गरेका छन् ।

बिगतका बर्षहरु झैँ विजयादशमीको अवसरमा आयोजना गरिएको कार्यक्रमको सम्बोधन गर्ने क्रममा चीनले भारतीय भूमि अतिक्रमण गरेको भन्दै कडा आलो,चना गरे । यसपालीको विजयादशमीको अवसरमा गपुरमा काय्रकमको आयोजना गरिएको थियो ।

प्रमुख भागवतले चीनलाई चुनौ,ती दिनका लागि भएपनि भारतले नेपाल, म्यानमार, बंगलादेश, श्रीलंकालगायतका छिमेकी मुलुकहरुसँग राम्रो सम्बन्ध बनाउनुपर्ने बताए । कार्यक्रमलाई सम्बोधन गर्दे उनले भने-‘हामीले हाम्रो रणनीतिक तयारी, आर्थिक शक्ति, अन्तर्राष्ट्रिय सम्बन्धलाई सुधार गरेर चीनभन्दा शक्तिशाली हुन आवश्यक छ, र हामीले छिमेकीसँग सम्बन्ध प्रगाड बनाउन आवाश्यक छ ।’

उनले छिमेकी मुलुकहरु भारतसँ हरेक कुराहरुमा समानता रहेको बताए । हजारौँ बर्षदेखि छिमेकी मुलुक र भारतको रहनसहन मिल्ने र हरेक क्रियाकलापहरुमा समानता भएकोले सम्बन्धमा चिसोपन भएपनि त्यस्लाई तत्काल समझदारी गर्नुपर्ने उनले बताए ।

उनले भने – ‘उनीहरु हजारौ बर्षदेखि धेरै कुरामा हामी जस्तै छन् । हामी उनीहरुसँग तत्कालै जोडिनुपर्छ । छिमेकीसँग केही विवाद र फरकपन जहिले पनि हुन्छ तर त्यसलाई हामीले छिटै स्पष्ट पार्ने प्रयास गर्नुपर्छ ।’

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।