रअ प्रमुखसँग भेटेर पनि किन लुकाए भेटवार्ता यी नेताहरुले ?

काठमाडौं : भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलको एक दिने नेपाल बसाईको भ्रमणले यतिवेला नेपाली राजनीतिक तरंगित बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेर फर्किएका भनिएका रअ प्रमुखले ओलीबाहेक अन्य ६ जना शीर्ष नेताहरुलाई पनि भेटेको खुलासा भएको छ । भारतनिकट स्रोतले जनाएअनुसार रअ प्रमुखले प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुपुर्व नै नेपालका पूर्व प्रधानमन्त्रीहरु

शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईले भेटेका थिए । त्यसको अलावा कांग्रेस नेताहरु रामचन्द्र पौडेल र सशांक कोइरालाले पनि गोयलसँग भेटेका थिए । उता, जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुरले भेटे गरेको बताईएको छ ।

यी ६ जना नेताहरुले रअ प्रमुखसँग भेटेर पनि किन भेट भएको छैन् ? भनेर कुरा लुकाए ? भन्ने प्रश्न उब्जिएको छ । यी नेताहरुसँग कतिपय गोयल बसेको होटलमा पुगेका थिए भने कतिपय नेतालाई भेट्न गोयल आँफै उनीहरुको निवास पुगेका थिए ।

रअ प्रमुखले प्रधानमन्त्री ओली भेट्दा डा. बाबुराम भट्टराई किन मौन ?

गोयलले प्रधानमन्त्री ओलीसँग गरेको शिष्टाचार भेटवार्तालाई लिएर नेकपाभित्रै आलोचना भैरहेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठदेखि पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले समेत सार्वजनिक रुपमै उक्त भेटवार्ताको बारेमा आलोचना गरेका छन् ।

प्रधानमन्त्री ओलीको सचिवालयले भने उक्त भेटवार्ता शिष्टाचार भेटवार्ता भएको भन्दै प्रधानमन्त्रीसँग त्यस्तो भेटवार्ता माग्दा दिने अन्तर्राष्ट्रिय प्रचलन समेत रहेको दाबी गरेको छ ।

नेकपाले यस वर्ष दशैं-तिहारकाे चियापन नगर्ने !

काठमाडाैँ, ११ कार्तिक । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।

नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले आज विज्ञप्ति जारी गरी कोभिड –१९ महामारीका कारण यस वर्ष उक्त कार्यक्रम स्थगन गरिएको जानकारी दिनुभएको हो ।

विज्ञप्तिमा ती पर्वका अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरिएको छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।