रेशम फिरिरी गीत गाउँदै चिनियाँ राजदूत यान्छीले दिइन् दशैँको शुभकामना…हेर्नुहोस् ।

October 26, 2020 26

काठमाडौं : नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाउँदै दशैँको शुभकामना दिएकी छिन् । उनले ट्वि’टरको आफ्नो अफिसियल एकाउन्टमा नेपालको मौलिक गीत ‘रेशम फिरिरी’ गाएको भिडियो सार्वजनिक गर्दै नेपाली हरुलाई दशैँको शुभकामना दिएकी हुन् ।

योगीत गाउन उनले आफ्ना सहकर्मीहरुसँग मिलेर निकै अभ्यास गरेको बताएकी छिन् । अन्तमा गीत गाउन सफल भएको उनकाे भनाइ छ। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस् भन्दै दशैँको शुभकामना दिएकी छिन। सामाजिक सञ्जालमा गीत गाएको भिडियो पोष्ट गर्दै उनले लेखेकी छिन्, ‘ मेरा सहकर्मीहरू र मैले नेपाली गीत रेशम फिरिरि अभ्यास गर्यौं र अन्तमा हामी गाउन सफल भएका छौं। यसले सबैलाई शौभाग्य र खुशी ल्याओस् ।’

गत वर्ष फागुनमा १०९औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चिनियाँ दूतावासले आयोजना गरेको विशेष सां’स्कृतिक कार्यक्रममा राजदूत यान्छी नेपाली गीतमा नाचेकी थिइन। यस्तै नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लु बेरीले पनि दसैँको शुभकामना दिए का छन् । केही दिनअघि उनले दसैँका बेला विशेष रुपमा खाइने नेपाली परिकार खसीको मासु बनाएको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

आ-आफ्नो घरपरिवारभित्र सावधानी र सतर्कताका साथ चाडपर्व मनाऔँ : प्रधानन्यायाधीश जबरा

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कोभिड-१९ को विषम परिस्थितिको बाध्यतालाई ग्रहण गर्दै आ-आफ्नो घरपरिवारभित्र अधिकतम सावधानी र सतर्कताका साथ चाडपर्व मनाउन सबैमा आग्रह गर्नुभएको छ ।

विजयादशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा सोमवार शुभकामना दिँदै उहाँले यी पर्वले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामथ्र्य प्रदान गर्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ ।प्रधानन्यायाधीश जबराले कोरोना भाइरसबाट सङ्क्रमित स्वदेश तथा विदेशमा हुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुुभाइको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ ।

कोरोना भाइरसका कारण उत्पन्न विषम र असहज परिस्थितिको सामना गर्नुपरिरहेको स्मरण गर्दै उहाँले मास्क लगाउने, सामाजिक दूरी कायम गर्नेलगायत विधि र मापदण्ड नै रोगको रोकथाम र नियन्त्रणका उपयुक्त विकल्प भएको बताउनुभएको छ । – रासस