यीनै हुन भलिबल खेलेर लाखौं नेपालीको मन जितेकी राष्ट्रिय खेलाडी सरस्वती चौधरी…हेर्नुहोस् ।

काठमाडौ : १३औं दक्षिण एसियाली खेलकुद सागको महिला भलिबल फाइनलमा भारतसँग पराजित भएपछि नेपाली खेलाडी कोर्टमै भक्कानिए। उपाधि जित्न सकेको भए सारा नेपाली खुसी हुन्थे। त्यो खेल पछाडी नेपालमा खेल जगतमा भने निकै उत्साहा छायो ।

नेपालमा पनि खेल क्षेत्रमा निकै सम्भावना रहेछ भन्ने आवाजहरु पनि आए । त्यो खेलमा मन जित्ने नेपाली एक चेलीको नाम हो सरस्वती चौधरी । राष्ट्रिय टिमकी महत्वपूर्ण स्पाइकरको परिचय बनाएकी सरस्वतीलाई ६ कक्षा पढ्दासम्म खेलकुदमा चासो थिएन। भलिबलबारे त सुनेकै थिइनन्। उनले जवाफ दिईन पत्रकारको प्रश्नमा ।

धनगढीमा जन्मिएकी उनको उचाइ भने भलिबल खेल्न उपयुक्त थियो। १२ वर्षमै ५ फिट ७ इन्च अग्ली सरस्वतीलाई स्थानीय प्रशिक्षक विष्णु चौधरीले भलिबल खेल्न सुझाए। सरस्वतीलाई प्रशिक्षण दिनसके भविष्यमा राम्रो खेलाडी बन्ने विश्वास विष्णुको थियो। तिम्रो हाइट राम्रो छ।

जिउ पनि खेलाडीकोजस्तै छ। अभ्यास गर्‍यौ भने राम्रो खेलाडी बन्छौ विष्णु सरस्वतीलाई उक्साउँथे। सरस्वतीलाई प्रभाव पर्थेन। मलाई खेलकुदमा रूचि नै छैन। म खेल्दिनँ सरस्वती जवाफ दिन्थिन्। विष्णु हरेस खाने पक्षमा थिएनन्। सरस्वतीका आमाबुबासँग कुरा गरे।

निकै करपछि सरस्वती तयार भइन्। तर सुरूआतकै अभ्यास झिँजो र दिक्कलाग्दो भयो। खेलको सुरुमा सिक्ने क्रममा उनलाई निकै गाह्रो भएको थियो । खेल्दै गएपछि सञ्चो हुन्छ, पछि यही खेलले तिमीलाई दह्रो बनाउँछ आमा फकाउँथिन्। प्रशिक्षक विष्णु र आमाको करले १५ दिन अभ्यास गरेपछि सरस्वती सुदूरपश्चिमको टिममा पर्दै गणतान्त्रिक राष्ट्रिय भलिबलु खेल्न काठमाडौं आइन्।

१ २ वर्षे सरस्वती टिममा सबभन्दा जुनियर थिइन्। त्यसैले खेल्न पाइनन्। खेल्न नपाए पनि उनले आफ्नो उचाइले अन्य प्रशिक्षकको ध्यान खिचिन्। कम बोल्ने सरस्वतीलाई त्यहाँको परिवेशमा भिज्न केही महिना लाग्यो। दिनचर्या फेरियो। बिहान उठ्नेबित्तिकै प्रशिक्षण, त्यसपछि स्कुल, स्कुलपछि फेरि प्रशिक्षण अनि फेरि पढाइ।

अभ्यास क्रममा उनले आफूभन्दा सिनियर सिपोरा गुरुङ सञ्जु पुर्जा देवी खाँडजस्ता चर्चित खेलाडीको संगत पाइन्। सिपोरा दिदीहरूको चर्चा देखेपछि भलिबलमै केही गर्नुपर्छ भन्ने लाग्न थाल्यो उनले भनिन्उ हाँहरू जस्तै बन्ने इच्छा हुन्थ्यो। सरस्वती भलिबलमा प्रवेश गर्दाताका पोखरामा फिस्टेल र ज्ञानुबाबा स्कुलबीच कडा प्रतिस्पर्धा हुन्थ्यो। ज्ञानुबाबामा राष्ट्रियस्तरका खेलाडी थिए।

उसले ढोरपाटन महिला डबल लिग उपाधि समेत जित्यो। महिला भलिबलका पूर्वकप्तान मञ्जु गुरुङ लगायत खेलाडी रहेका ज्ञानुबाबालाई जित्ने फिस्टेलको इच्छा पूरा हुन सकेन। ज्ञानुबाबालाई हराउन हामी निकै तयारी गर्थ्यौं तर कहिल्यै सकेनौं सरस्वतीलाई अहिले पनि दिक्क लाग्छ।

फिस्टेलबाट भलिबल खेलेको समय सरस्वतीलाई जीवनकै स्वर्णिम लाग्छ। त्यहाँबाट भलिबल करिअर सुरू भयो राष्ट्रियस्तरमा समेत आफ्नो परिचय बनाइन्। सरस्वतीलाई आफ्नो उचाइकै कारण नाम पनि अग्लो भएजस्तो लाग्छ। म बिधालयमा अध्ययन गर्दा सबभन्दा अग्ली थिएँ, सबैले बाँस लम्बू भन्थे।

अहिले पनि कतिले यति अग्ली छेस्, तैंले त ब्वाइफ्रेन्ड पनि पाउँदिन होलिस भन्छन् उनी सुनाउँछिन्। उचाइबाहेक उनलाई आफ्नो कुनै काममा सफलता नपाएसम्म लागिरहने बानी मनपर्छ रे। सायद यही बानीका कारण सरस्वतीको सफलताको ग्राफ उनको उचाइजस्तै अग्लो हुँदैछ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।