नारायणकाजी श्रेष्ठ भन्नुहुन्छ : प्रधानमन्त्री र ‘रअ’ प्रमुखबीचको भेट कूटनीतिक मर्यादा विपरीत छ…हेर्नुहोस् ।

काठमाडौ : सत्तारुढ नेपाल कन्युनिष्ट पार्टी (नेकपा) कै प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले प्रधानमन्त्री केपी शर्मा ओली र ‘रअ’ प्रमुख सामन्त्कुमार गोयलबीचको भेट कुटनीतिक मर्या’दा विप’रीत भएको बताएका छन् ।

नेपालमा ३७ बढी वौद्धिक व्यक्तित्वहरुले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली र ‘रअ’ प्रमुख सामन्त गोय’लबीचको भेट कूटनी’तिक मूल्य र आचा’रसंहिता विपरीत भएको निष्क’र्ष निकालिरहेका बेला स्वयमु सत्तारुढ दलका प्रवक्ता श्रेष्ठले पनि यस भेटलाई म’र्यादा विप’रीतको भेट भएको बताएका छन् ।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘विदेशी गुप्तचर अधिकारीसँग प्रमको भेट र कुट’नीतिक मूल्य र आचा’रसंहिता वि’परीतको यस्तो भेट किन रु यस प्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौ’मिकता र राष्ट्रिय हितलाई कम’जोर पार्ने काम हुन सक्दछ ।’

प्रधानमन्त्री ओलीले गत बिहीबार राति ‘रअ’का प्रमुख सामन्त कुमार गोयलसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई घण्टा भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयको संस्थागत जानकारी र उपस्थिति बिना गोयललाई भेटेको बारे नेकपालाई कुनै पूर्व जानकारी नभएको र पछि पनि पार्टीमा यसबारेमा कुनै संस्थागत एवं औपचारिक छलफल नभएको नेता श्रेष्ठको भनाइ छ ।

आफ्नो व्यक्तिगत विचार भन्दै श्रेष्ठले लेखेका छन्, ‘मेरो विचारमा नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना हो, देशको प्रधानमन्त्रीले विना कुनै निर्धारित कार्यसूची विदेशी गु’प्तचर संस्थाको अधिकारीसँग कूटनीतिक मर्यादा विपरीत समकक्षीझैं औपचा’रिक वार्ता गरेको ।’

नेता श्रेष्ठ अगाडि लेख्छन्, ‘नेपालको राष्ट्रिय अनुस’न्धान विभागको प्रमुखले आफ्नो समकक्षीलाई निश्चित विषयमा छलफल गर्न भ्रमणको लागि निमन्त्र’णा गरेको हो भने कूटनीतिक म’र्यादा अनुरुप शि’ष्टाचार भेट हुन सक्दथ्यो । त्यो होइन भन्ने स्पष्ट भइसकेको छ ।

विदेशी सरकार प्रमुखले औप’चारिक रुपमा आफ्नो विशेष दूतका रुपमा अ’ख्तियार प्रदान गरी पठाएको हो भने पनि सन्देश सुन्ने र प्रत्युत्तर सन्देश पठाउने गरी कुरा हुन सक्दथ्यो । तर त्यस्तो पनि देखिएन । ‘यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कूटनीतिक ओझ गिर्ने मात्र होइन, अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई क’मजोर पार्ने काम हुन सक्दछ ।’

स्रोतहरुका अनुसार प्रधानमन्त्री ओलीकै पहलमा गोयल नेपाल भ्रमणमा आएका हुन् । र, भ्रमणको उद्देश्य नेपाल कम्युनिष्ट पार्टीभित्रको अवस्थाबारे जानकारी लिनु र नेपाल–भारत सम्बन्धका बारेमा छलफल गर्नु हो ।

प्रधानमन्त्री ओलीले पनि भारतसँग सम्बन्ध सुधार गर्नका लागि गोयललाई बोलाएको हुन सक्ने कूटनीतिक मामिलाका विश्लेषकहरु बताउँछन् । तर, यसका लागि प्रधानमन्त्री ओली प्रचण्ड, माधव नेपाललगायत आफ्नै पार्टीका नेताहरुसँग सल्लाह नगरी आफ्नै ढंंगबाट अगाडि बढ्न खोजेको देखिएको छ । र, यही कारणले भारतीय गुप्तचरको आगमनलाई सत्तारुढ दलका नेता र नागरिक अगुवाहरुले निको मानेका छैनन् ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।