यसरी बेसारको सेवन गर्नुहोस्, क्यान्सर देखि मधुमेहको लागि हुन्छ लाभदायक…पूरा पढि सेयर गर्नुहोस् ।

काठमाडौ : बेसारको फाइदाको बारेमा धेरैलाई थाहा नै होला, यसमा रहेका एन्टिब्याक्टेरियल र एन्टीसेप्टिक गुणहरूले हामीलाई थुप्रै स्वास्थ्य समस्याबाट बचाउँछ। तर के तपाईंलाई थाहा छ कि यसको औषधीय गुणलाई ध्यानमा राख्दै यसको तरकारी पनि खाइन्छ।

काँचो बेसारको तरकारी पनि बनाउन सकिन्छ। बेसारको तरकारीले जाडोमा चिसो र मौसमी रोगबाट बचाउन र शरीरको प्रतिरोध क्षमता बढाउन मद्दत गर्दछ। काँचो बेसार अदुवा जस्तै देखिन्छ। यसलाई दुधका उमालेर, चामलको परिकारमा, अचारको रूपमा, चटनीको रूपमा वा सूप बनाएर सेवन गर्न सकिन्छ। बेसारको तरकारी बनाउने विधि र यसको फाइदाहरूको बारेमा थाहा पाउनुहोस्।

सामग्री

काँचो बेसार- २५० ग्राम
एउटा प्याज
अदुवा- १०० ग्राम
६ दाना पिसेको लसुन
आधा चम्चा जीरा
५ वटा ल्वांग
१ चिम्टी हिंग
आधा चम्चा गरम मसला पाउडर
डेढ चम्चा रातो खुर्सानीको पाउडर
१ चम्चा सुपको पाउडर
२ चम्चा धनिया पाउडर
आधा चम्चा अलैंचीको पाउडर
हरियो धनिया र मरिच
घिउ- २०० ग्राम
टमाटर- २५० ग्राम
८-१० वटा हरियो खुर्सानी
दही- ४००-५०० ग्राम
तयार गर्ने तरिका

काँचो बेसारको तरकारी बनाउनको लागि पहिल एक प्यासनमा घिउ तताउनुहोस् र काँचो बेसारलाई राम्रोसँग पकाउनुहोस्। त्यसपछि, यसलाई निकालेर एउटा प्लेटमा राख्नुहोस्। अब प्याज भुट्नुहोस्। जब प्याज हल्का खैरो हुन्छ तब यसलाई पनि निकाल्नुहोस् र छुट्टै प्लेटमा राख्नुहोस्। अब एउटा कचौरा लिनुहोस् र यसमा दही राख्नुहोस् र खुर्सानीको पाउडर, धनिया, नुन थप्नुहोस् र राम्रोसँग मिक्स गर्नुहोस्।

अब ग्यासमा प्यानमा घिउ तताउनुहोस्, पहिले यसमा सुप राख्नुहोस्। त्यसपछि, यसमा अदुवाको पेस्ट हाल्नुहोस्। यसलाई केहि समय भुटेपछि गरम मसला, जीरा, पिसेको लसुन, हरियो खुर्सानी राख्नुहोस् र केहि समय भुट्नुहोस्। त्यसपछि, यसमा दही वाला पेस्ट मिलाउनुहोस्।

अब उक्त मिश्रणमा पहिले फ्राई गरेको प्याज मिलाउनुहोस्। अब यसलाई १ मिनेटसम्म पकाएपछि टमाटर मिसाउनुहोस् र यसमा बेसार पनि हाल्नुहोस्। अब फेरी केहि समय पकाउनुहोस्। अब यसमा धनिया हालेर १० मिनेटसम्म छोपेर पकाउनुहोस्। अब यसमा फ्राई गरेको काँचो बेसार मिलाउनुहोस् र १ मिनेटसम्म अझ पकाउनुहोस्। अब तपाईंको बेसारको तरकारी तयार भएको छ।

फाइदा:

क्यान्सर
काँचो बेसारमा क्यान्सरसँग लड्ने गुणहरू हुन्छ। यसले विशेषगरी पुरुषमा हुने प्रोस्टेट क्यन्सारको क्यान्सर सेल बढ्नबाट रोक्दछ। बेसारले विकिरणको संक्रमणको कारण हुने ट्यूमरको जोखिमबाट पनि जोगाउँछ।

रोग प्रतिरोधात्मक क्षमता

बेसारमा लिपोपालिस्केराइड नामक तत्व हुन्छ, जसले शरीरमा प्रतिरक्षा प्रणालीलाई मजबूत बनाउँछ। बेसारले शरीरमा ब्याक्टेरियाको कारण हुने समस्यालाई रोक्दछ। यसमा फंगल संक्रमणबाट जोगाउले गुणहरू हुन्छन्।

मधुमेह

काँचो बेसारले इन्सुलिनको स्तर सन्तुलित राख्न मद्दत गर्छ। इन्सुलिन बाहेक यसले ग्लुकोजलाई पनि नियन्त्रणमा राख्छ, जसले मधुमेहको उपचारको प्रभावकारिता बढाउँदछ।

यो पनि
शरीरमा आवश्यक प्रोटिनको मात्रा पुगे/नपुगेको यसरी थाहा पाउनुहोस्, जानी राखौँ: प्रोटिन शरीरलाई नभई नहुने पोषक तत्व हो । अङ्ग, मां’सपेशी, स्नायु प्रणाली तथा प्रतिरक्षा प्रणाली धेरै हदसम्म प्रोटिनमा भर पर्छन् । मांसपेशीको विकास तथा आन्तरिक स्व’स्थताले शरीरको ढाँचा तयार पार्छ र यो सब प्रोटिनमा निर्भर रहन्छ । त्यसैले अत्यावश्यक प्रोटिनको मात्रा शरीरलाई पु’गेको छ वा छैन थाहा पाउनु जरुरी छ ।

प्रोटिनको अभावमा तपाइकाे शारीरिक विकास राम्रोसँग हुँदैन । प्रोटिन अभाव भएको सङ्केत थाहा पाउन सके त्यसको समाधानको उपाय अपनाउन सकिन्छ । प्रोटिनको मात्रा शरीरलाई पु’गेको छ वा छैन थाहा पाउनु: शरीरलाई स्व’स्थ राख्न फ्याट, सो’डियम, पो’टासियम, का’र्बोहाड्रेट, सुगर, भिटामिन, क्याल्सियम, आइरन र प्रोटिनको अत्यन्त आवश्यकता पर्छ । यी सबैको सन्तुलनले नै शरीरलाई स्वस्थ राख्दछ ।

यी सबैमध्ये हड्डी, मां’सपेशी र मु’टुको स्वा’स्थ्यका लागि प्रोटिन अत्यन्त आवश्यक तत्त्व हो । हरेक पोषक तत्त्वझैं शरीरलाई प्रोटिनको पनि निश्चित मात्रामा आवश्यकता पर्छ । तर, प्रोटिन धेरै हुनु अथवा कम हुनु दुवै स्वा’स्थ्यको लागि हानिकारक छ ।विशेषगरी यसको कमीले मानिसको शरीर कमजोर हुनुका साथै अन्य समस्या पनि देखा पर्न सक्छ । यो पर्याप्त मात्रामा नहुनाले मां’सपेशी र हड्डीका साथै मु’टुसम्बन्धी अुनेक समस्या उत्पन्न हुन सक्छ । यसको कमीले शरीरमा यस्ता समस्याहरू हुन सक्छन्

तौल अचानक कम हुँदै जानुस्: सामान्यतया मानिसको तौल घटबढ भइरहन्छ । तर, यदि शरीरमा प्रोटिनको मात्रा कम छ भने शरीरलाई आवश्यक प्रोटिन यसले मांसपेशीलाई टुक्राएर मांसपेशीबाट लिन थाल्छ र अचानक तौलमा तीव्र गतिमा कमी आउँछ । हे’मोग्लोबिनको कमी: हेमोग्लोबिन अर्थात् सेतो र’क्तकोषिका प्रोटिनबाट नै बन्ने भएकाले शरीरमा प्रोटिनको कमी भएमा हेमोग्लोबिनमा कमी आउँछ र यसले प्रतिरोधात्मक क्षमतामा कमी ल्याउँछ । 

कपाल कमजोर हुनु: तौल कम हुनुका साथै प्रोटिनको कमीले कपाल पनि कमजोर हुँदै जान्छ । कपाल पलाउन पनि प्रोटिनको आवश्यकता हुन्छ । त्यसैले प्रोटिनको कमीले कपाल कमजोर हुने, कपालमा हाँगा पलाउने, झर्ने जस्ता समस्या देखा पर्न थाल्छ । त्यस्तै, नङ कमजोर हुनुले पनि शरीरमा प्रोटिनको कमी भएको सङ्केत गर्छ । 

श’रीरमा एडेमा(पानी फोका) हुनु: प्रोटिनको कमीले एडेमा अर्थात् शरीरको केही भागमा पानी फोका देखिन सक्छ । प्रोटिनले शरीरमा पानीको मात्रालाई सन्तुलित राख्ने भएकाले यसको कमी भएमा शरीरमा पानीको मात्रा असन्तुलित हुन गई यस्ता समस्या देखा पर्छन् । विशेषतः हातपाउमा यस्तो समस्या देखिन सक्छ ।

नोट : Nepal Online Khabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई nepalonlinek@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।